अपडेट : टिफरको ठक्करबाट घाइतेको उपचारको क्रममा मृत्यु (तस्विरहरू सहित)

उदयपुर / उदयपुरमा टिफरको ठक्करबाट घाइते भएकी इलाम नगरपालिका ८ की ५० वर्षिय युरोपिया राईको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ५ शिव माध्यमिक विद्यालय सुन्दरपुर नजिक टिपरको ठक्करबाट मोटर साइकलमा सवार युरोपिया राई गम्भिर घाइते भएकी थिईन् ।

आफ्नो साइडमा गुडिरहेको बा.३७ प ८८३६ नम्बरको मोटर साइकललाई को १ ख ६३८८ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा मोटर साइकलमा सबार युरोपिया राई र उनका श्रीमान ५२ वर्षिय महेश राई घाइते भएका थिए । गम्भिर घाइते युरोपिया राईलाई स्वास्थ्य चौकी सुन्दरपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर स्थित नोवेल अस्पताल रिफर गरिएको थियो । गम्भिर घाइते युरोपियाको नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए ।

टिपर चालक सुनसरी बराह नगरपालिका ४ बस्ने २९ वर्षिय अर्जुन चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उदयपुरमा चालु आर्थिक वर्षमा टिपर र ट्रकको ठक्करबाट ७ जनाको ज्यान गईसकेको छ ।

याे पनि पढ्नुहाेस्

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

Purbeli TV

तपाईको प्रतिक्रिया