खोटाङ र सोलुखुम्बुको दर्जनौं स्थानमा भिषण आगालागी, सयौँ हेक्टर जंगल सखाप (१२ तस्विरहरू सहित)

खोटाङ / खोटाङको केपिलासगढी गाँउपालिका वडा नं ४ बाक्सिलामा रहेको छेरल्याङ पाखा सामुदायिक वनमा भिषण आगलागी भईरहेको छ । आज मध्यान्नबाट सुरु भएको आगलागी प्रहरी र स्थानीयको पहलमा नियन्त्रणमा लिने प्रयास असफल बन्दै गएको संवाददाता युवराज सुनुवारले जानकारी दिनुभयो । गाँउबाट पुग्न आधा घण्टा लाग्ने ६४ हेक्टर क्षेत्रफलको उक्त सामुदायिक वनको २० हेक्टर क्षेत्रफल जलिसकेको जनाईएको छ ।

नियन्त्रण भन्दा बाहिर रहेको आगोले अर्को सामुदायिक वन खोलाखर्क समेत प्रवेश गरेको सुनवारले बताउनुभयो । यता,सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाको स्थानीय जंगलमा लागेको आयो नियन्त्रणमा दमकलको प्रयोग गरिएको छ । तिङलाको स्थानीय जंगलमा विहान ११ बजे लागेको आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल प्रयोग गरिएको हो ।हावाहुरीको कारण आगो अन्यत्र पनि फैलन सक्ने भयले गर्दा दमकलको समेत प्रयोग गरिएको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले बताए ।नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा दमकल प्रयोग गरेपछि आगो नियन्त्रणमा सजिलो भएको कडेनीझोडेनी सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष रामकाजी कार्कीले बताए आगोलागीबाट सयौँ रोपनी जंगलको विनास भएको छ । उद्यपी, आगोलागीको कारण भने खुल्न सकेको छैन् ।

यस्तै सोलुदुकुण्ड नगरपालिका २ बेनी स्थित खाम्चे खाप्टेढुङ्गा सामुदायिक बनमा आगलागी भईरहेको छ । दिउँसो ३ बजेबाट सुरुभएको आगलागी नियन्त्रण भन्दा बाहिर रहेको बन उपभोक्ता समितीका उपाध्यक्ष कुङ्गा लामाले जानकारी दिनुभयो । हावाहुरीका कारण आगो झनै फैलिएकाले जुनबेशी समादायिक बनमा समेत फैलिएको बताईएको छ । आगो नियन्त्रणको लागीप्रहरी तथा स्थानियहरुको टोली त्यस क्षेत्रमापुग्न सकेको छैन । समयमै आगो नियन्त्रणमा नआए नजिकैका बस्तिहरु समेत जोखिममा रहेका छन् ।

यता, खोटाङको दिप्रुङ चुईचुम्मा गाँउपालिका वडा नं ३ मा आगलागीबाट पुष्पराज राईको घर जलेर नष्ट भएको छ । दिउसोको समयमा केटाकेटीको माध्यमबाट लागेको आगोले राईको एक तले फुसको घर जलेर नष्ट भएको वडा सदस्य तुलस राईले जानकारी दिनुभयो । स्थानीयको सहयोगमा आगो नियन्त्रण लिईसकिएको छ भने आगलागीबाट अन्नबाली जलेको तर लत्ताकपडा भने निकाल्न सफल भईएको उहाको भनाई छ । यस्तै गाँउपालि ४ विज्ञान अधिकारीको घर मतान जेले नष्ट भएको छ । दिउसो २ बजे मालिके जंगलबाट आउको आगोले अधिकारकिो घर जलेर नष्ट भएको हो । स्थानिय गगां श्रेष्ठले जनाकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया