खप्तडी बुढाथोकीका समाजद्धारा सम्झनालाई सहयोग

बिर्तामोड / झापाको शिवसताक्षी नगरपालिका–९ की २८ वर्षीया सम्झना बुढाथोकीको दुवै मृगौला खराब भएपछि उपचारमा सहजता होस् भन्ने उद्धेश्यले खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज ( KBS ) केन्द्रिय कार्यसमिति साउदी अरबले आर्थिक सहयोग गरेको छ । समाजले सझनाको उपचारमा सहयोग गर्ने उद्धेश्यले शुक्रबार झापाको बिर्तामोड–९ नडियाबारीमा रहेको कुलमन्दिरमा आयोजना गरिएको कार्यक्रममा ३२ हजार २९५ रुपैंया हस्तान्तरण गरिएको समाजका अध्यक्ष लीला (बिचारी) बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

भवन निर्माण समितिका अध्यक्ष योगेन्द्र बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय महासचिव डम्बर बहादुर बुढाथोकीले स्वास्थयलाभको कामना गर्दै समाजले आफ्नो वंशमा मात्र होइन समाजका हरेक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन झापा जिल्ला कार्यसमितिका सचिव काजिबहादुर बुढाथोकीले गर्नुभएको थियो ।

यसैबीच वंशावलीको भवन निर्माणकार्य भइरहेको जनाइएको छ । एक करोड रुपैंयाको लगातमा भवन निर्माण कार्य जारी रहेको बताइएको छ । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदैं सम्झनाका बुबा भुवन बुढाथोकीले सहयोग गर्ने संस्था प्रति आभार ब्यक्त गर्दै सहयोगी हात र मनहरुको प्रशंसा गर्नुभयो ।

अर्काको देशमा रहेर गाँसकाटेर भएपनि सहयोग गर्ने उद्धेश्यले गठन भएको बुढाथोकी क्षेत्री सेवा समाज (प्द्यक्) केन्द्रिय कार्यसमिति साउदी अरबका डिकबहादुर बुढाथोकी, विजयकुमार बुढाथोकी, सन्तबहादुर बुढाथोकी, देवेन्द्र बुढाथोकी, प्रकाश बुढाथोकी,विक्रम बुढाथोकी, गोपाल बुढाथोकी, पुस्कर बुढाथोकी, दिनेशकुमार बुढाथोकी,कमलप्रसाद बुढाथोकी, कुमार बुढाथोकी, हस्तबहादुर बुढाथोकी, डिल्लीशेर बुढाथोकी, डिल्लीराम बुढाथोकी, भोगेन्द्रबहादुर बुढाथोकी र हरिलाल बुढाथोकी लगायतले संस्थाको कोषमा रहेको रकम हस्तान्तरण गरिएको बताइएको छ । सम्झनाको जीवन रक्षाका लागि सबैलाई सहयोग गरिदिन पनि सबैसंग आग्रह गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…