पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

ताप्लेजुङ / ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा चल्ने सवारी साधनमा पाथीभराको भजन बाहेकका गीत बजाउन नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको सर्वपक्षिय बैठकको निर्णय अनुसार चैत्र १ देखि (भोली)देखि भजन बाहेकका गीत बजाउन नपाईने भएको हो ।

आज एक कार्यक्रमकाबीच यातायात व्यवसायीलाई भजन सहितका पेनड्राईभ वितरण गर्दै पाथीभरा क्षेत्रमा चल्ने सवारी साधनमा भजन बाहेकका गीत नबजाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । झापाको विर्तामोडबाट ताप्लेजुङ आउने सवारी साधनमा सबै भन्दा पहिले पाथीभराको भजन बजाउनु पर्ने भएको छ भने ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदिदेखि पाथीभरा सम्म अन्य कुनै गीत बजाउन नपाईने बताईएको छ । पाथीभराको प्रचार–प्रसार गर्दै भक्तजनलाई सुरक्षित यात्राको अनुभुति दिलाउने लगायतका उद्धेश्यले सवारी साधनमा भजन अनिवार्य गरिएको बताईएको छ ।

यसैबीच प्रदेश नम्बर एकमा आजदेखि सूरु भएको पोशाक कार्यान्वयन तथा सवारी दुर्घटना न्युनिकरण सम्वन्धि १५ दिने महाअभियान अन्तरगत ताप्लेजुङका यातायात व्यवसायीलाई समेत पोशाक वितरण गरि अनिवार्य लागु गर्न भनिएको ताप्लेजुङका डिएसपि संजयसिंह थापाले जानकारी दिनुभयो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

बालबालिकाको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाको जोड

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङमा तीन राउण्ड गोली सहित रिभल्वर फेला

तपाईको प्रतिक्रिया