धिमाल जाति बेलबारीमा पहिलो जातिको रुपमा घोषित

बेलबारी । बेलबारी नगरपालिकाले धिमाल जातिलाई प्रथम जाति घोषणा गरेको छ । नगरमा वसोवास गर्ने पहिलो जातिकारुपमा धिमाल जातिलाई घोष्णा गरेको नगरपालिकाले जनाएको छ । दुई सय वर्ष भन्दा अगाडि देखिनै बेलबारीमा बसोबास गरेको पृष्ठभुमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रुपमा घोषणा गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

वि.सं. १८६२ देखिनै तराईका जिल्लाहरुमा धिमाल जातिको बसोवास रहेको किवदन्ती रहेको पाइन्छ । मेयर सुवेदीले भने बेलबारीको ऐतिहासिक क्षेत्रका नाम समेत धिमाल जातिको नाम रहेको पाईन्छ । वि.स. १९३६ बैसार धिमाल (पूर्व माननिय कर्ण वहादुर धिमाल को हजुरबुवा)ले वक्यौता तिरेको भुमिकरको रसिदको प्रमाण समेत भेटिएको छ मेयर सुवेदीले भने त्यो भन्दा अगाडिनै धिमाल जातिको वसोवास रहेको पाईन्छ । बेलबारीका एक दर्जज ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको नाम समेत धिमाल जाति वाट राखिएको छ ।

मैषाबारी,पर्ताघारी,भिन्दहा,बर्राडागी,बेलेवारी,तिनघोरे,माईनावारी,दोघरे,धारधार (धररा) तेलीकुरी,कालावञ्जार, वालाही, माटागाउ,जुराकादेरा ,धेङ्ग्राधेङ्ग्रे, काकोम नलघारी, भाउन्ने,भाङ्घारी, दोन्द्राझोरा ,बेतईनी झोरा,चिसाङ झोरा धिमाल जातिको नाम वाट राखीएको किवदन्ती भेटिएको मेयर सुवेदीले बताए । घोषणा कार्यक्रममा नगरपालिकाले धिमाल जातिका दुई जना जेष्ठ नागरीकलाई समेत सम्मान गरेको छ । नगरपालिकाले पहिचान गरेर धिमाल जातिलाई प्रथम जाति घोष्णा गर्दा स्थानिय सरकार छ भन्ने आदिवासीहरुलाई प्रभाव परेको आदिवासी जानजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राईले बताए । धिमालहरुनै नगरको पहिलो आदिवासि रहेको उनले बताए । धिमाल जातिहरुले विषमाला गछ, काथीमाला,हासुलिपात, हरी, कलि, कुण्डल, नादोइ,नाकमुुन्दि,कानाईला,चन्द्रहार,पाउजुजस्ता गहरगहना लगाउने गरेका छन ।

धिमाल जातिको खानाको परिकारहरुमा अल्गै चिचिरी,तोले, पटुवाको साँग, लेउमुन्ची सिकाउति , चुदूर माखालाई, क्याहाम जस्ता रहेका छन । मुख्य वाजाकारुपमा ढोल,उर्नीतुञ्जाई, गुमाना, ठ्यापठ्यापे, घाघुरिङ बाजा आफैले बनाउने र बजाउने गरको धिमाल जाति विकास केन्द्र बेलबारीका प्रमख कविन्द्र धिमालले बताए । बेलबारीमा धिमाल जातिको ३ हजार १ सय ८२ जनसख्या रहेको छ । उक्त जनसख्या बेलबारीको कुल जनसख्याको को ४ दशमलव ५८ प्रतिशत हो ।बेलबारीको कुल जनसख्या ६९ हजार ४ सय ९८ रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…