उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

उदयपुर / उदयपुरको कटारी नगरपालिका २ देवीधापस्थित सडकमा बम फेला परेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नेका लागि बम राखिएको हुन सक्ने आशंका गरिएको छ । मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढु‌ंगा) सप्लाई गर्ने शिवम मल्टिपर्स प्रालिको गेट अगाडि शंकास्पद वस्तु राखिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

उक्त वस्तुडिस्पोजलका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले बताए । सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरिङ गणको टोली उक्त वस्तु भएको स्थानमा जाँदै गरेको छ ।

नेकपा नेतृत्वको सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि देश तरङ्गित भएको छ । जनयुद्धका सहयात्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाएपछि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबारका लागि आह्वान गरेको नेपाल बन्दले यातायात संचालन नहुँदा जन जिवन प्रभावित भएको छ ।

नेता–कार्यकर्ताको गिरफ्तारी, झुठा मुद्दा, कपिलबस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलबस्तु, कालीकोट लगायतका जिल्लामा भएको अप्रेशनका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्दै नेपाल बन्दको आव्हान गरेको हो । सरकारले लगातार दमन गर्न थालेको भन्दै विप्लव समूहले गरेको बन्दले उदयपुरबाट छुट्ने छोटो तथा लामो दुरीको सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । यस्तै उदयपुरका सदरमुकाम गाईघाट, बेल्टार, रामपुर, मुर्कुची तथा कटारीमा विहानै देखि यातायातको साधन चलेको छैन भने बजार, पसल र विद्यालय समेत बन्द हुन पुगेको छ । ग्रामीण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायात ठप्प रहेको प्रहरीले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

कर्मचारी अभावका कारण बजेट कार्यन्वयनमा समस्या : कानून मन्त्री कार्की

उदयपुरमा गाईको पुच्छरमा बाँधिएको बालकलाई घिसार्दा मृत्यु

उदयपुरमा अटोरिक्सा चालकले फिर्ता गरे भेटाएको २० हजार पाँच सय रुपैया

उदयपुरमा १४ बर्षीय बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

तपाईको प्रतिक्रिया