साइकोलोजिष्ट कवि टिका खनाल (घायल) का केही कविताहरू

नठान कवि मलाई

नठान अव कवि नै भनी तिमीले मलाई
फुटेको आत्मा झन्टुक्रा पार्ने त्यो बुद्धी देखाई
घृणा नै घृणा गरेर तिमी हिडेको देखेर
महत्व मेरो घटे झै लाग्छ तिम्लाई भेटेर

आएका भाव मुटुका ज्वाला गुम्सेर रहे झै
मेसिन भित्र पेलिन्छु म त रहेको पिना झै
कतिको झट्टी कतिको लठी खाएर रहदा
जीवन भित्र आँधी नै आयो ती व्याथा कहँदा

मानिस भित्र मानिस भई बाच्न नै गाह्रो भो
मूर्खको सामु निर्धो चै वनी हासन साह्रो भो
मनको धर्ति पहिरो नै गयो वाढीले ढाके झै
जिन्दगी पनि उजाड भयो आगोनै लागे झै

समाज भित्र रहेका चीज सजाई राखने
हिक्मत अाँट हटेर गायो के ले पो ढाकने
ती स्वच्छ फूल विरुप पारी इज्जत लुटेर
आएको देख्छु ति दुष्ट जन स्वार्थमा अडेर

गरीव जन भित्रको मन व्यथाको संगालो
समेटी अव कसरी राखौ परेको भंगालो
मानव भनी रोजेको साथी दानव ठहर्दा
दिउँसो पनि रात झै भयो आशुले पिरोल्दा

टिका खनाल (घायल)

 

आत्माको माया

मायालु वोली मिठो त लाग्छ संगेल्न सकिन
आत्माले दिए वचन तर वाहिर भनिन
वचन भन्दा आत्माको माया गाढा नै वन्दछ
वाहिरीरुपी संसार भए आत्मा के देख्दछ ?
आत्मा चै बने ममता राख्ने वचन भएन
आत्माको चोखो पिरती गासे अरु मा गइन
हितको कुरा गर्दछु म शत्रुता ठान्दछ ।
असल भन्दा खराव कुरा छिटो नै टिप्दछ
कसरी वोलौ मनमा धेरै तर्कना राख्दछु
मुखमा आएका वचन पनि थाके झै पार्दछु
आतेस पर्छ भनौ कि केही वोली नै फुट्दैन
फुटेको वोली सुन्नको लागि कोही नै जुट्दैन
वाहिरी रुप भएमा पुग्छ यो कस्तो रित हो
आत्माको माया फितलो देख्ने यो कस्तो प्रित हो
चाहिन्न किन वुद्धिको खेल अपाङ्ग ठानिन्छ ।
आत्माले धोका पाएको वेला तिरले हानिन्छ ।

साइकोलोजिष्ट कविको आत्मा नरुवाऊ

नरुवाउ तिमी कविको आत्मा आशु नै झराइ
किन पो ठान्छौ कवि चै आज तिमीले पराई
माया नै देउ दया नै गर पीडित नपार
नेपाली हामी बन्नु छ नामी कर्ममा नहार
शिरमा हाम्रो सगरमाथा शान्तिमा गौतम है
पवित्र भूमि नेपाल हाम्रो सीता छन साथमा है
हत्या र हिंसा तोडनु पर्छ ममता दिएर
कसैले पनि हिड्नु हुन्न कपटी बनेर
गरीव कुन सम्पन्न कुन हामीसव नेपाली
हातमा हात मिलाउ साथी विकास गर्ननि
पर्दछ हामी अगाडि बढ्नु काँधमा काध थापी
कहिल्यै हामी नवनौँ साथी रहेर लौ पापी
नेपाल आमा रुनेछिन् झुठो कुकर्म गर्दामा
सहयोग अव पर्दछ गर्नु मर्दा र पर्दामा
देखाइ खाने प्रवृति तोडौ वाडेर खाऔ है
रगत सव एउटै भनी आपस रहौ है
तेरो भाग्यले यस्तै जुरायो सन्तोष मानेर
पर्दछ बस्नु यो ठाउँ तँ नजाउ बाझेर
नगरौँ हामी यी यस्ता छुद्ध वचन बझौ है
एकल काटे वानी नलिउ मित्रता गासौँ है ।।

साइकाेलाेजिष्ट कवि टिका खनाल घायल
बराहक्षेत्र ५ कालाबत्र्जार

तपाईको प्रतिक्रिया

Loading…