राई जाति भन्ने ! भाषा, भेषभुषा, संस्कार संस्कृतिचाहिँ बान्तावाको अपनाउने ?

कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिाओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) को १० औ महाधिवेशन सम्पन्न भयो । सो महाधिवेशनले चुनेको नयाँ कार्य समितिले १६ बुँदे धरान घोषणापत्र पनि जारी गरेको थियो । तर, महाधिवेशनपछि जारी गरेको १६ बुँदे घोषणापत्र हेर्दा कथित् राई जातिवाला राई सर राईनी म्याडमहरुले ‘यो केही नजान्ने कुलुङे ढाक्रेको सो आग्रहलाई धोती लगाए छन् ! भन्ने बुझिन्छ ।’ किनभने १६ बुँदे घोषणापत्रमा कथित् राई जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ’ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का हर्ताकर्ताहरुले राई ! को मौलिक भाषामा नाम समेत तय गरेको देखिएन । अरु कुरो त टाढाकै कुरो भो ।

त्यस्तै राई यायोक्खा नामक एनजिओको १० औं महाधिवेशनपछि जारी गरिएको १६ बुँदे घोषणापत्र हेर्दा ‘राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, राईको वंश, राईको आप्mनै मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो यो हो ! भनी’ पहिचान गर्ने वा खोज्ने भन्ने पनि उल्लेख भएको देखिएन । विगतमा राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, राईको वंश, प्रमाणित र भर पर्दो इतिहास, राईको आप्mनै मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति, चाडबाड वा भनौं राईको ‘युनिक’ पहिचान थिएन, त्यसैले अब कुनै पनि जात वा जाति हुन चाहिने यी सबै आधारहरु खोजिने वा नयाँ बनाइने छ ! भनी १६ बुँदामा कतै न कतै उल्लेख गर्न वा भनौं भन्न सक्नु पथ्र्याे । तर, ….

निनाम कुलुङ ‘मंगले’

फलतः वर्षमा दुईचोटि काठमाण्डौको टुँडीखेल, हात्तीवन, तिखेदेवल, नखिपोट, लगायत देशका अन्य सहरबजारका सार्वजनिक ठाउँहरुमा राईको चण्डी नाच ! भन्दै नाच्दा र उफ्रीपाप्m्री गर्दा राई भनिनेहरुले विसं २०४९–०५०–२०५७–०५८–०५९–०६०–०६१–०६२–०६३ ताकातिर (अभैm पनि कुनैकुनै राईहरुले लाउँछन्) सम्म पनि गुन्यु, चोली, दौरा, सुरुवाल, ढाकाटोपी इस्टकोट लगाएर उफ्रीपाफ्री गर्थे । यो पंक्तिकार (त्यो बेला म प्रकाश राई “दीनदःुखी” को नामले लेख्थेँ) ले २०६१–०६२ ताका एका बिहानै किनभने, त्यो दिन कथित् राई जाति हौं भनिनेहरुले चण्डी नाचको अवसरमा काठमाण्डौको टुँडीखेलमा उफ्रीपाफ्री गर्ने दिन थियो । त्यसैले कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओका तत्कालीन महासचिव राजबहादुर राईलाई ‘राईको भेषभुषा गुन्यु, चोली, दौरा, सुरुवाल, ढाकाटोपी इस्टकोट’ नै हो त ? भनी प्रश्न गरेको थिए । त्यसरी प्रश्न गर्दा राजबहादुर राईले ‘अँ … हो नि ं…, हामी सबैको हो नि … ’ भनेर जवाफ दिएका थिए । तर, यो पंक्तिकारले ए … , हो !, ल ल … तर, कुलुङ जातिको त यो यो, यस्तो यस्तो भेषभुषा, गरगहना, सरसामान आदि हुन्छ भनी नसक्दै ए … कहाँ हुनु हामी …हरुको पनि हुन्छ नि ! भन्दै टुँडीखेलमा उफ्रीपाफ्री गर्न आउन निम्ता गरेका थिए । हुन त राई जाति हौं भन्नेहरुले चण्डी नाच भन्दै उफ्रीपाफ्री गर्दै नाच्ने नाचलाई बान्तावा बान्तावा, चाम्लिङ लगायत किरातीजातिहरुले साकेला, साकेवा, साकेन्वा आदि भन्छन् ।

यसरी हेर्दा आपूmहरु राई जाति हौं भन्ने तर, भाषा, भेषभुषा, चाडबाड, रीतिथिति, चालचलन, धर्मकर्म, संस्कार, संस्कृति आदिचाहिँ बान्तावा वा चाम्लिङ जातिको वा अरु कुनै जातिको अपनाउन सुहाउला त ? खासगरी राई सर राईनी म्याडमहरुले भन्ने बेलामा चाहिँ आपूmलाई राई जाति हुँ भन्ने, अनि अंगाल्ने बेलामा चाहिँ बान्तावा जाति (अधिकांशले बान्तावा जातिको र केहीले चाम्लिङ जाति) को भाषा, भेषभुषा, धर्मकर्म, चालचलन, चाडबाड, संस्कार, संस्कृति, रीतिथिति अपनाउने ? खासगरी काठमाण्डौको टुँडीखेल लगायत अन्य सहरबजारका सार्वजनिक ठाउँहरुमा उफ्रीपाप्m्री गर्दा अधिकांशले देख्छन् । थाहा नभएका व्यक्ति वा समूहलाई यसबारे केही थाहा हुने कुरो भएन । उनीहरुमध्ये कतिलाई न चासो हुने कुरो पनि भएनन । तर, हामी कुलुङ लगायत २८ भन्दा बढी किरातीहरु त कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओको दलनमलनमा परेको लगभग २८–२९ वर्ष भैसक्यो । अभैm उनीहरुको दलनमलन कहिलेसम्म सहनुपर्ने हो ? केही अत्तोपत्तो छैन ।

तर, राई सर राईनी म्याडमहरुलाई आप्mनो (राई यायोक्खा नामक एनजिओको (राई ! को) मौलिक भाषामा नाम नराखेमा भविश्यमा नामको ठूलो संकट आउने देखिन्छ । किनभने, हालसम्म त बान्तावा जातिका अगुवा वा बान्तावा जातिका कुनै व्यक्तिहरुले आफ्नाे भाषाको शब्द ‘यायोक्खा’ कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओलाई प्रयोग गर्न दिएको छ । वा भनौं बान्तावाहरुले चासो लिएका छैनन् । तर, स्थिति सँधै यस्तै रहला ? भोलिका दिनमा बान्तावा जातिका अगुवा वा कोही ए, बी, सी, डी, … बान्तावाले अबदेखि हाम्रो भाषाको शब्द ‘यायोक्खा’ तिमी एनजिओवालाहरुलाई दुरुपयोग गर्न दिन्नौं वा कथित् राई ! जातिको पछाडि ‘यायोक्खा’ शब्द लेख्न÷प्रयोग गर्न दिन्नौं भनेमा राई यायोक्खाका हर्ताकर्ताहरुले के गर्ने ? नयाँ नाम खोज्न वाध्य हुनु पर्दैन ? हुन पनि आजको जस्तो जातीय स्वपहिचान, भाषा, लिपि, साहित्य, मौलिक भेषभुषा, रहनसहन, चाडपर्व आदि प्रति विश्वमै जनचेतना बढी रहेको अवस्था र, आप्mनो वंश वा जाति के हो ? कसो हो ? भनी सोधीखोजी भैरहेको अवस्थामा ‘राई जात वा जाति नै हो । जसले राई जात होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीनपुस्तेमा समेत राई छ !’ भन्दै हिँड्ने राई सर राईनी म्याडमहरुले भने आपूm राई भन्दै बान्तावा जातिको भाषा, भेषभुषा, रहनसहन र चाडपर्व आदिलाई अपनाएको वा अरुलाई पनि तँ राई नै होस्, भन्दै जबरजस्ती अपनाउन लगाएको देखिन्छ ।

विसं २०४७ देखि संस्था दर्ता ऐन–२०३४ अन्तर्गत खुलेको ‘राई यायोक्खा नामक एनजिओ’को १० औं महाधिवेशनले सर्वप्रथम किराती समुदायभित्रका कुलुङ लगायत २८ (राई यायोक्खाका हर्ताकर्ताहरुका भनाइअनसुार भाषिक संस्था) भन्दा बढी किराती जातिहरुलाई विगत २८÷२९ वर्षदेखि कथित् राई जातिको नाममा भाषिक, सांस्कृतिक, मानवअधिकार, मौलिक हक, भेषभुषा, सहभागिता, सूचना र सञ्चार, शिक्षा आदि क्षेत्रमा सहभागी हुनबाट वञ्चित र दलनमलन गर्दै आएकोमा सबैभन्दा पहिले क्षमायाचना गर्नुपर्ने थियो । तर, सम्मेलनपछि राई यायोक्खाले जारी गरेको १६ बुँदे घोषणापत्रमा सो कुरो पनि कतै उल्लेख भएको देखिएन । उल्टै बुँदा नम्बर–५ मा उल्लेख भएअनुसार ‘आगामी विसं २०७८ को राष्ट्रिय जनगणनामा पनि विसं २०६८ मा जस्तै कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुको टाउकामा राईको सिङको भारी बोकाउने प्रयास गर्ने अरे ! अर्थात् राई लेखाउने अरे ।’

माथिको ‘आगामी विसं २०७८ को राष्ट्रिय जनगणनामा पनि विसं २०६८ मा जस्तै कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुको टाउकामा राईको सिङको भारी बोकाउने प्रयास गर्ने अरे ! अर्थात् राई लेखाउने अरे’ भन्ने शब्द किन प्रयोग गरिएको हो भने, विसं २०६८ को राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्यांक विभागले नेपालबाट प्रकाशित हुने सबै दैनिक पत्रपत्रिकाका पत्रकारहरु राख्न खर्चका कारण नसक्ने भएपछि देशमा धेरै बिक्री हुने र लोकप्रिय भनी चिनिएको कान्तिपुर दैनिकसँग एकजना पत्रकार माग गर्यो । सो कुरो थाहा पाएर राई यायोक्खाले कूटनीतिक चाल चालेर कान्तिपुर दैनिकबाट गणेश राईलाई पठाउन सफल भयो । जबकि गणेश राई त्यो बेला शुद्घ पत्रकार मात्र नभएर राई यायोक्खाका एक खम्बा अर्थात् केन्द्रीय सचिव पनि थिए, उनै पत्रकार केन्द्रीय तथ्यांक विभागमा रिपोर्टरका रुपमा छिर्न सफल भए । गणेश राई केतविमा समाचारदाताको रुपमा छिर्ने बित्तिकै आप्mनो बुताले भ्याएसम्म कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुलाई अलग्गै जातिको रुपमा आऊन नदिन कन्धनी कसेरै लागे । जो विसं २०६८ को राष्ट्रिय जनगणनामा कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु १२ वटा किराती जातिको रुपमा आएका थिए, उनीहरुलाई राईमै गाभ्न सकियोस् भनी आपूmले सकेको प्रयास गरेका पनि हुन् । त्यो बेला कस्तोसम्म देखिन्थ्यो भने, उनले जनगणना सम्बन्धी समाचार लेख्दा÷बनाउँदा शुद्घ पत्रकार वा समाचारदाताको रुपमा नभएर लेखक वा विश्लेषकले जस्तो आप्mनो भनाइ वा विचार पनि राख्थे । त्यतिमात्रै होइन, उनले जनगणना सम्बन्धी समाचार लेख्दा केन्द्रीय तथ्यांक विभागले ५९ जातिको तथ्यांक मात्रै बाहिर ल्याउनुपर्ने आशयको समाचार लेख्थे । केतविले पनि गणेश राईले भने÷लेखेअनुसार नै विसं २०६८ को जनगणनाको तथ्यांक बाहिर ल्याएको भए लगभग ६५ जातजातिहरु छुट्थे । यी राई ! पत्रकारले कतिसम्म गर्थे भने, जनगणना सम्बन्धी कसैको भर्सन राख्न परेमा पनि कुलुङ, बाहिङ, मेवाहाङ, चाम्लिङ, साम्पाङ, लोहोरुङ, नाछिरिङ, आठपहरिया, खालिङ, थुलुङ, बान्तावा, याम्फु लगायत किरातीहरुले जातको महलमा किन आप्mनो जात राई लेखेनन् ? किन राई भाषाको महलमा राई भाषा भनेर लेखेनन् ? कहिल्यै कुनै कुलुङ वा अन्य जातिका अगुवा वा बुद्घिजीवीहरुसँग सोधीखोजी गरेनन् । उनीहरुको भर्सन राखेनन् । यो कुरो साँचो हो, होइन ? भनी पुष्टि गर्नका लागि विसं २०६८÷०६९ ताकाको कान्तिपुर दैनिक हेर्न सकिन्छ । उदाहरणका लाग भन्नै पर्दा यी गणेश राईले एकपटक जनगणना सम्बन्धी लेखेको सामचारमा ‘… बान्तावा पनि राई भित्रको एक भाषिक समूह हो … ।’भनी लेखेका थिए । अब तपाईँ विज्ञ पाठकहरुले नै भननुहोस् त पत्रकारको काम जे समाचार छ, त्यही दिने हो कि, ‘फलानो म राई होइन भने तापनि ऊ राई नै हो भन्दै प्रमाणित गर्नैतर्फ लाग्ने ?’

अन्तमा के भन्न सकिन्छ भने, कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओको १० औं महाधिवेशनमा भाग लिन आएका विभिन्न किराती जातिका मान्छेहरुमध्ये धेरैले राई के हो ? भन्ने वास्तविकता नबुझेर, केही भ्रममा परेर, केही राई जात नभए पनि राईको नाममा दानापानी पाएसम्म राई भएरै खाऊँ, पछि देखाए जाएगा भनेर (यी वास्तविकता नबुझेका, भ्रममा परेकाहरुलाई राई यायोक्खाले बुझाउन पनि चाहँदन । किनभने राई जात वा जाति होइन भनी बुझाउने बित्तिकिै राईको नाममा आउने दानापानी रोकिन्छ ।) राई यायोक्खाको १० औं महाधिवेशनमा भाग लिन आएका किरातीहरुका सन्तानहरु जो प्रतिनिधि र पयैपेक्षक भएर आएका थिए उनीहरुले पनि आखिरमा राजनैतिक दलका कार्यकर्ताहरुकै संस्कार देखाए । किनभने, ती प्रतिनिधि र पर्यपेक्षेकहरुले पनि राजनैतिक दलका कार्यकर्ताहरुलेझैं ‘हाहा, हुहु’ मै ३ दिन बिताए । सायद धरान सहर पनि घुमे होलान् ! सेल्फी पनि खिचे होलान् । तर, भावी पुस्ताले यी किरातीका बच्चोहरुलाई हाम्रा भावी पुस्ताले क्षमा गर्ने छैनन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया