सुकुना माविका विद्यार्थीले बनाए सेन्सर रोबोट

विराटचोक । मोरङको सुन्दरहरैचास्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सडक दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने रोबोट निर्माण गर्न सफल भएका छन । विज्ञान विषयमा ११ कक्षा अध्यायन गर्ने विद्यार्थीहरुले सडकमा गुडिरहेको गाडीको दुरी तथा दुर्घटना हुन लागेको अवस्थामा सुचना दिने रोबोट निर्माण गरेका हुन् । जोखिम देखेपछि गाडीमा जडान गरिएको रोबोटले १० मिटरको दुरीबाट आवाज दिने ११ कक्षाका विद्यार्थी समिर फुयालले बताएका छन ।

बिद्यालयका १० जना बिद्यार्थी मिलेर ब्याट्री तार तथा सेन्सर प्रयोग गरेर रोबोट बनाएका उनले जानकारी दिए । पढेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने कोशिस गरेको अर्का विद्यार्थी सुजन पराजुलीले बताए । उनीहरुले उचाई नाप्ने सेन्सरवाला रोबोटसमेत बनाएका छन् । पानीको ट्यांकीमा रोबोट राख्दा भरिएपछि आवाज दिने पराजुलीले बताए ।

विद्यार्थीहरुले आफ्नै लगानीमा नयाँ प्रविधियुक्त मेसिन बनाएपछि शिक्षकसमेत दंग परेका छन् । विद्यार्थीहरुले भूकम्प प्रतिरोधात्मक घरसमेत बनाएको विद्यालयका विज्ञान विभाग प्रमुख दिव्य राज दाहालले बताए । सामग्रीको खरिद सहुलियत दरमा सरकारले दिने व्यवस्था मिलाए नेपालमै अध्ययन गर्ने विद्यार्थीहरुले प्रविधिमा फड्को मार्ने प्रध्यानाध्यापक लक्ष्मी कुमार श्रेष्ठले बताउँछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…