भाउन्नेको सिर्जना पार्कमा भिभिआईपी र भिआईपीको लर्को (तस्विरहरु सहित)

बेलबारी । मोरङको बेलबारी १० भाउन्नेमा निर्माणधिन सिर्जना पार्कको पहिलो चरण अन्र्तगत मुर्तिकला कार्यशालामा भिआईपी र भिभिआईपीको लर्को लाग्न थालेको छ ।

कार्यशालामा निर्माणधिन मुर्ति अबलोकनका लागी दैनिक अबलोकनकर्ताहरु समेत बढिरहेका छन । देशका ठुला नेता,मन्त्री देखि सर्बसाधारणको समेत कार्यशालामा भिड लागिरेहको छ । मंगलबार मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो कार्यशालाको अबलोकन गरेका छन ।

यसअघि सोमबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सो कार्यशाला अबलोकन गरेका थिए । त्यसअघि कानुनमन्त्री भानुभत्त ढकाल,नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसी,डा.शेखर कोईराला लगायत प्रदेशका मन्त्री र सांसदहरुले दैनिक रुपमा कार्यशाला अबलोकन गरिरहेका छन ।

स्थानीय सिर्जना सामुदायिक बन उपभोत्ता समुहको क्षेत्रभित्र धनु आर्ट स्टुडियो काठमाण्डौ,बेलबारी नगरपालिका लगायतको सहयोगमो सो पार्क निर्माण शुरु भएको हो । पहिलो चरणमा मुर्तिकला कार्यशाला र त्यसपछि पार्क निर्माणको काम हुने जनाईएको छ । पार्क निर्माणका लागी दाताहरुले समेत सहयोग गरिरहेका छन ।

तपाईको प्रतिक्रिया