पथरीको बारमा एक युवाको रहस्यमय मृत्युपछि परिवार आन्दोलित (१२ तस्विरहरू सहित)

मोरङ । मोरङको पथरीशनिश्चरेमा केही साताअघिबाट सञ्चालनमा आएको सिक्का लञ्ज एण्ड वारमा गएका एक युवाको रहस्यमय मृत्यू भएको छ । गत १६ गते बिहिबार पथरीशनिश्चरे ७ का २७ बर्षिया सणराज तामाङको मृत्यु भएको प्रहरीले बताएको छ । बिहिबार साथीहरु संग रमाईलो गर्न बार गएका तामाङको राति करिव १०स्४० बजेको समयमा सोहि बारको पुर्वपटिको सडकमा टाउको फुटेको अवस्थामा भेटेको प्रहरीको भनाई छ ।

पथरी वजारको हाईवेमै रहेको ब्यापारीक भवनको पाँचौ तलामा फागुन २ गते भ्यालेनटाईन डे बाट सुरु भएको बार सुरु भए देखिनै बिबाद हुँदै आएको स्थानिय बताउछन । रातको १० बजे वारका संचालक मिलन श्रेष्ठ संग बिबाद भएपछि प्रहरीको सहयोग लिएको देखिन्छ । १०स्३१ बजे प्रहरीले तामाङलाई बारबाट बाहिर निकालेको तर तामाङ तल झर्नु पर्नेमा चौथो तलामा आएर बार्तली तिर गएको र त्यसको एकै छिनमा मृत्यू भएको सुचना आएको सिसि क्यामरामा देखिन्छ ।

प्रहरीले खवर पाउने बितिकै तामाङलाई उपचारकोलागि पथरी हस्पिटल लादालादै मृ्यू भएको प्रहरीको भनाई छ । मृतक तामाङको टाउकोमा चोट देखिईको आफन्तको भनाई छ । प्रहरीले घटना स्थलबाट मृतकका ४ जना साथीलाई प्रहरी नियन्त्रणमा लिएको छ भने तामाङको शव पोष्टमार्टमको लागि मंगलबारे अस्पतालमा राखिएको छ । यता ५ महिनाकी गर्भवती पत्नी सहित स्थानियले ईलाका प्रहरी कार्यलय पथरीलाई सत्य तथ्य पत्ता लगाई घटनाको दोषोलाई कार्वाईको माग राख्दै धर्न दिएका छन । प्रहरीको छानबिन फितलो गरेको भन्दै पिडित परिवारको चर्काे दवाव दिए पछि बार संचालक ६ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । यता सहि छानबिन नभए सम्मा शव नबुझ्ने परिवारको प्रतिकृया आए पछि शव ४८ घण्टा सम्म पनि पोष्टमाटम हुन सकेको छैन । शनिवार २ वजे एक छलफलले पोष्टमार्टम गर्ने र रिपोट आए पछि छानबिन अगाडि बढाउने शर्तमा पोष्टमाटमको लागि धरान स्थित बिपी कोईराला स्वस्थ विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

घटना प्रहरीले ढाकछोप गर्न खोजेको परिवार बताउछन । दोषी पत्ता लगाउने धेरै प्रमाणहरु भए पनि प्रहरीले पिडा माथी पीडा दिएको परिवार बताउछन मृतककी दिदी टीका तामाङले भनिन झगडा भएको समयमा प्रहरी पुग्नु, प्रहरीकौ अगाडीबाट सणराज अर्काे दिश लाग्नु, घटनामा स्थलमा रहेका ब्याक्तीहरु सिसि क्यामरामा देखिँदा पनि प्रहरीले चासो नदेखाउनु, मृत्यू भएको समयमा बारमा रहेका ब्याक्तीहरु छोडिनु र घटना स्थललाई प्रहरीले आफ्नो नियन्तणमा नलिनुले हामीलाई प्रहरी माथी नै शंका छ । बार संचालकले प्रहरीलाई प्रलोभनमा पारि घटना ढाकछोप पार्न खोजेको मृतककी दिदीले आरोप लगाईन ।

झगडा भएकाे समयमा प्रहरी पुग्नु, प्रहरीकाै अगाडीबाट सणराज अर्काे दिश लाग्नु, घटनामा स्थलमा रहेका ब्याक्तीहरु सिसि क्यामरामा देखिँदा पनि प्रहरीले चासाे नदेखाउनु, मृत्यू भएकाे समयमा बारमा रहेका ब्याक्तीहरु छाेडिनु र घटना स्थललाई प्रहरीले अाफ्नाे नियन्तणमा नलिनुले हामीलाई प्रहरी माथीनै शंका छ । उनले भनिन बार संचालकले प्रहरीलाई प्रलाेभनमा पारि घटना ढाकछाेप पार्न खाेजेकाे बताईन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…