हेलिकप्टर दुर्घटना : ‘सुनियोजित’ र ‘रहस्यमयी’ !

बिर्तामोड / ताप्लेजुङमा फागुन १५ गते नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान लिएको हेलिकप्टर दुर्घटनालाई ‘सुनियोजित’ र ‘रहस्यमयी’ भनी विभिन्न बृत्तमा बहस बढेको छ । हेलिकप्टर दुर्घटनाका विषयमा उब्जिएका विविध प्रश्नले दुर्घटनालाई ‘सुनियोजित’ र ‘रहस्यमयी’ रुपमा व्याख्या गर्न थालिएको पाइन्छ । ती प्रश्नहरु अनुत्तरित नै देखिन्छन् । यस विषयमा नेकपाका जिम्मेवार नेता तथा सांसद र प्रतिष्ठित व्यक्तित्वहरुले नै प्रश्न उठाइरहेका छन् ।

नेकपाका नेता तथा ताप्लेजुङबाट निर्वाचित संघीय सांसद योगेश भट्टराईले समेत दुर्घटनाको उत्तर समयले माग्ने भन्दै दुर्घटना रहस्यमय भएको संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्– ‘भीआईपी उडानमा पाइलटसहित ५ जनाभन्दा बढी पाथीभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजारमै झारेर मात्र पाथीभरा उडान गर्दै आएका छन्–पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ ।’

त्यस्तै तीन नम्बर प्रदेशका सांसद नरोत्तम वैद्यले उक्त दुघर्टनालाई सुनियोजित र रहस्यमयी भनेका छन् । मन्त्री सवार हेलिकप्टर यसरी दुर्घटना हुनुलाई सामान्य रुपमा लिनु गलत हुने वैद्यको भनाइ छ । ‘क्याप्टेन र टावरको सम्वादले मौसम हेलिकप्टर उडानका लागि प्रतिकूल भएका कारण क्याप्टेनले उडाउन सकिँदैन भन्दाभन्दै उनलाई हेलिकप्टर उडाउन कस्ले, किन बाध्य पा¥यो ?’– सांसद वैद्यले शुक्रवार विज्ञप्ति जारी गरी भनेका छन्– ‘हेलिकप्टर उडाएदेखि विस्फोट हुँदासम्मको भिडियो खिच्नुको तात्पर्य के थियो ? किन र, कसले र केका लागि भिडियो खिचेको थियो ? यो पनि रहस्यमय देखिन्छ ।’

हेलिकप्टर उडाउनुमा के कुनै नियम पालनाको अनुशरण गर्नुपर्दैन थियो ? भनी प्रश्न गर्दै उनले भनेका छन्– ‘यी र यस्तै कारणले यो दुर्घटना भवितव्य नभई सुनियोजित हुनसक्ने आशंका थपिएको छ ।’ अर्कोतर्फ मन्त्रीसहित सात जनाको मृत्यु हुने गरी भएको दुर्घटनालाई सामान्य छानविन समिति गठन गरेर सरकारले ढाकछोप गर्न खोजेको उनको आरोप छ । एकातिर राष्ट्रिय सम्मान र सार्वजनिक शोक बिदा, अर्कोतर्फ बलियो समिति गठनमा कञ्जुस्यार्इँले दुर्घटनालाई अझ रहस्यमयी बनाएको बैद्यको भनाइ छ । उनको माग छ– ‘यस दुर्घटनालाई गम्भीर रुपमा लिँदै, वहालवाला वा पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न सरकारसँग मेरो जोडदार माग छ ।

त्यस्तै सामाजिक अभियन्ता एवम् म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले पनि दुर्घटना रहस्यमयी भएको संकेत गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् – ‘डायनेष्टि एयर हेलिकप्टर कम्पनीको वेबसाइटमा गएर हेर्दा तल दिइए अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जनाको क्षमता भन्ने लेखेको छ । तर, दुर्घटनामा पाइलटसहित ७ जना भएको समाचार छ । यो कुराको पनि उत्तर खोज्नु पर्ला । कम्पनी कै वेबसाइटमा पाइलटसहित ६ जना बोक्ने भनेको छ तर आज कसरी ७ जना बोक्यो ? त्यसमा पनि ३७०० मिटरभन्दा अग्लो पाथीभरामा गएको र खराब मौसम छ भनेर पाइलटले भन्दा भन्दै किन उडाएको ? यस्तै कुरा म आफैंले पनि भोगेको कुरा हो । ७ बर्ष अगाडि दुई जना बिदेशी पोखराबाट मेरो गाउँमा हेलिकप्टरमा जान लागेका थिए, त्यति बेला मैले मेरी श्रीमती र दुई जना छोरी पनि पोखराबाट गाउँमा जान मिल्छ कि भनेर सोध्दा ७ जना हेलिकप्टरमा बोक्न मिल्दैन भनेर भनेका थिए ।’

अहिले हेलिकप्टर दुर्घटना बारे अनुत्तरित प्रश्नको जवाफ खोजिँदैछ । सामाजिक सञ्जालदेखि आम मानिसमा दुर्घटनाको कारण बारे जिज्ञासा बढ्दो छ । विमानस्थलको सम्भाव्यता अध्ययनका लागि तेह्रथुम गएका मन्त्री रवीन्द्र अधिकारीले त्यहाँ सम्बोधनका क्रममा मौसम खराब छ, तत्काल काठमाडौं फर्कनुपर्ने भनी भाषण गरेको भिडियो सार्वजनिक भएको छ ।

तर, अचानक पाथीभरा दर्शनका लागि कसको उक्साहटमा उडान त्यता मोडियो भन्ने प्रश्नको जवाफ सबैले खोजिरहेका छन् । कार्यक्रमका संयोजक प्रमुख जिल्ला अधिकारी तथा स्थानीय प्रहरीका अनुसार उक्त टोलीबीचबाटो बाटै रुट परिवर्तन गरी पाथीभरा गएको सार्वजनिक भएकाले पनि त्यसप्रति चासो र चिन्ता बढेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ता नारायण मानन्धरको प्रश्न छ– ‘हेलिकप्टरलाई पूर्वनिर्धारित योजना बिनै पाथीभरा किन लगिएको ?’

त्यस्तै पत्रकार नारायण अमृत भन्छन्– ‘मालिकसहित मन्त्रीलाई बोक्नु छ । खराब मौसममा पनि उडाउनुपर्ने मनोवैज्ञानिक दबाव तन्नेरी पाइलटलाई प¥यो कि ? यस्तो प्रश्न मेरो मनमा मात्र हो कि अरूको मनमा पनि खेलेको छ ? टावरसँगको पाइलटको संवादले प्रश्न उब्जायो ।’ उता मन्त्री अधिकारीसहितको टोली पाथीभरा पुग्ने पूर्व जानकारी कसैलाई पनि नभएको खुलेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायले थाह पाउँदासम्म उक्त टोली मन्दिर पुगिसकेको थियो ।

Purbeli TV

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

घर पाउँदा नाँचगान : ३४ विपन्न परिवारलाई नयाँ घर, सन्थाल बस्तीमा खुशीयाली (तस्विरहरू सहित)

हिरासतमा बालकको रहस्यमय मृत्यु, प्रहरीले रातारात ग¥यो प्रमाण नष्ट

जसले गरे एयरपोर्टमा यति ठूलो परिर्वतन

चन्द्रगढी विमानस्थलको स्तरोन्नति धमाधम: २९ जनाको जग्गा अधिग्रहण गर्न साढे १३ करोड खर्च (तस्विरहरू सहित)

नाचेर चिनिएकी अनुजा (तस्विरहरू सहित)

जसले फुटवल खेलेरै झापालाई चिनाए

झापा गोल्ड कप : शसस्त्र प्रहरी क्वाटरफाइनलमा प्रवेश

नौमती बाजामा नौ झापाली ब्राम्हण , जातीय संकीर्ण सोचबाट माथि उठेर संस्कृति संरक्षणमा जुट्यो एक्टिभ नाइन समूह

हेलिकप्टर दुर्घटना : ‘सुनियोजित’ र ‘रहस्यमयी’ !

झापा गोल्डकपलाई ८० लाखको प्रतिबद्धता

तपाईको प्रतिक्रिया

Loading…