सिर्जना पार्क निर्माणका लागी एकै ब्यत्तिले दिए १५ लाख रकम

बेलबारी । मोरङको बेलबारी १० भाउन्नेमा निर्माणधिन सिर्जना पार्कको निर्माणका लागी एकै ब्यत्तिले १५ लाख बढी सहयोग घोषणा गरेका छन ।
दि रिभर ओभरसिजका सञ्चालक समेत रहेका समाजसेवी रघुनाथ पुरीले अन्तराष्ट्रिय स्तरको पार्क निर्माणको लागी १५ लाख ५ सय ५५ रुपैया सहयोग रकम घोषणा गरेका हुन । पुरीले यसअघि पनि सो ठाँउको बिकास निर्माणमा ठुलो रकम सहयोग गरिसकेका छन भने एउटा एम्बुलेन्स समेत हस्तान्तरण गरिसकेका छन ।


स्थानीय ठाँउमा जन्मिएर हुर्किनुभएका पुरीले संर्घष गरेर पाएको सफलता र आर्जन गरेको रकमबाट गाँउको बिकासका लागी गरेको यो सहयोग अतुलनीय रहेको स्थानीय समाजसेवी रबिन थापा बताउँछन । पुरीले यसअघि डाँगीहाटमा आयोजित राष्ट्रिय फुटबल प्रतियोगिता लगायत अन्य कार्यक्रमहरुमा समेत सहयोग गर्दै आएका छन ।

भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्र भित्र ३३ विगाहा क्षेत्रफलमा निर्माण हुने सृजना पार्कको निर्माणका लागी झण्डै २ करोड लागत हुने र पाँच बर्षभित्र सम्पन्न हुने जनाईएको छ पार्क निर्माणको पहिलो चरण अन्र्तगत पार्क भित्र रहने ढुंगाका मुर्तिहरुको निर्माणका लागि नेपाल, भारत, वङ्गलादेश, पाकिस्तान, जर्मनी, ईटली लगायतका विभिन्न देशका मुर्तिकारहरुको सहभागितामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ ।


कार्यशाला तीन हप्तासम्म चल्ने र मुर्तिकारहरुले आ आफ्नै अवधारणा अनुसार आधुनिक प्रकारका विभिन्न मुर्तिहरु बनाउने जनाईएको छ । मुर्तिकला कार्यशालामा ४० देखि ४२ वटा मूर्तिहरु निर्माण हुने छन । निर्माणाधिन पार्क सिर्जना सामुदायिक वनको ३३ विगाहा क्षेत्रफलमा फैलिएको छ । प्रदेश सरकार, बेलबारी नगरपालिका, सृजना सामुदायिक वन, संघ संस्था, ब्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा पाँच बर्षभित्र निर्माण सम्पन्न हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया

Loading…