स्याब्रु नृत्यको उपाधी पाँचखपनलाई 

संखुवासभा / २१४६ औं ग्याल्पो ल्होसारको अवसरमा गाउँ तथा नगरपालिका स्तरीय स्याब्रु नृत्य प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार संखुवासभाको खाँदबारीमा सम्पन्न प्रतियोगितामा जिल्लाका ७ स्थानीय तहबाट ८ समूहको सहभागीता रहेको थियो ।

प्रतियोगितामा पाँचखपन नगरपालिका प्रथम भएको छ भने द्धितीय शिलिचोङ गाउँपालिका, तृतीय चिचिला गाउँपालिका र सान्त्वना भोटखोला गाउँपालिका भएको छ । हिमालयन शेर्पा सांकृतिक केन्द्र शाखा संखुवासभाको आयोजनामा भएको प्रतियोगिताका विजेताहरुले क्रमश. २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया