न्यायाधीश जोशीको राजीनामा स्वीकृत

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम सो राजीनामा स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो ।प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । उहाँ बिदामा बस्नुभएको थियो । उहाँको कार्यकाल आगामी जेठसम्म थियो ।

तपाईको प्रतिक्रिया

Loading…