हारसंगै धरानको इतिहास रच्ने दाउ भयाे चकनाचुर

धरान / घरेलु मैदानमा पाहुना टोलीसंग हार व्यहोर्दै इतिहास रच्न धरानको दाउ फाइनलमा हार संग चकनाचुर भएको छ । शनिवार भएको फाइनल खेलमा बुढास्ब्बा गोल्डकपमा पहिलो पटक भाग लिएको पाहुना टोली डाफिन्स फुटबल क्लब क्यामरुनले २१ औं बुढासुब्बा गोल्डपको उपाधि उचालसंगै धरानको इतिहास रच्ने दाउ भताभुङ्ग भएको हो । डाफिन्सले धरान फुटबल क्लबलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले जित हात पार्दै उपाधि उचालेको हो ।

प्रतियोगिता अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । भर्खरै पोखरामा सम्पन्न मनकामना गोल्डकपको उपाधि उचालेको डाफिन्सले उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो । शुरुवातदेखि नै दबाबमा राखेका डाफिन्सले घरेलु मैदान दर्शकको साथ पाएको धरान फुटबल क्लबले हाफ टाइमभन्दा अगाडि उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो हाफमा दबाबमा खेल्यो ।

ट्राइबेकरमा धरान फुटबल क्लबका तर्फबाट प्रकाश बुढाथोकी र दोर्जे तामाङको प्रहार गोल भएको थियो भने मिलन राई, योगेश राई र सुरज विकको गोल बाहिरएको थियो । यता डाफिन्सका तर्फबाट जो आंगोला, पेटेङ्गा, यान्निक ओआनाले प्रहार गरेको गोल गोल भएको थियो भने बवाइक बवाइक र एकाओनाको गोल बाहिरिएको थियो । जितसंंगै डाफिन्सले नगद ८ लाख प्रमाणपत्र र ट्रफी हात पारेको छ भने उपविजेता बनेको धरानले ४ लाख नगदसहित प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएका छ ।

प्रतियोगितामा धरानका विष्णु सुनुवारले उत्कृष् खेलाडी बन्दै डिइयो स्कुटर प्राप्त गरेका छन् । यस्तै फाइनल खेलको म्यान अफ द म्याच धरानका विष्णु सुनुवार बन्दै नगद १५ हजार प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट गोलकिपरका उपाधि डाफिन्सका गोल किपर प्रिसो नाडयाङ् ,उत्कृष्ट मिड फिल्डर धरानका हेमन्त थापा मगर, उत्कृष्ट स्टाइकर धरानका मिलन राई बन्दै नगद २५ हजार ट्रफी हात पारेका छन् भने सर्वाधिक गोल कर्ता डाफिन्सका नाजिमा यान्किक बन्दै नगद ३१ हजार प्राप्त गरेका छन् ।, उनले प्रतियोगिताभरि २ गोल गरेका थिए । प्रतियोगितामा विजेता तथा उपविजेता हुनेलाई प्रदेश नं. १ मा मुख्यमन्त्री शेरधन राई, अर्थमन्त्री इन्द्रबहादुर आङबो, सभासद उमिता बराइलीले पुरस्कार वितरण गर्नुभएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा दिउँसै गोली प्रहार,जीवन बिकास संस्थाको लुटयो ४ लाख

धरान उपमहानगरपालिकाले मजदुरहरुको सूचिकृत गर्ने

धरानकाे तिनवटै दमकल काम नलाग्ने अवस्थामा

बराहक्षेत्र चतरामा दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला शुरु, मुख्यमन्त्री शेरधन राईले गरे उद्घाटन

सुनसरीको बराहक्षेत्रमा दोस्रो अर्धमहाकुम्भ मेलाको सम्पूर्ण तयारी पूरा (४२ तस्विरहरू)

धरानदेखि विष्णुपादुका भन्ज्याङसम्म पुग्ने २३ किलोमिटर कच्ची सडकको स्तरान्नति हुँदै

सुख्खा मौसम आएसंगै धरानमा पानीको चरम अभाव

पौष १६ देखी धरानमा इन्द्र वराह मेमोरियल एमच्योर ओपन गल्फ प्रतियोगिताकाे पाचौ संस्करण

वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री यादव, राजनीतिक आवरण नभिरेको ब्यक्ती भिसि नियुक्ती गर्न प्रतिष्ठानका पदाधिकारीहरूकाे माग

धरान स्थित हार्डवेयर पसलमा आगलागी

तपाईको प्रतिक्रिया

Loading…