मौसममा खराबी आएपछि राष्ट्रपतिको हेलिकप्टेर काठमाण्डौ नपुगि फर्कियो, राष्ट्रपतिको बास सोलुखुम्बुको फाप्लुमा

सोलुखुम्बु / राष्ट्रपतिलाई लिएर काठमाडौं उडेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण फाप्लु विमानस्थलमै फर्किएको छ । सोलुखुम्बु बहुमूखि क्याम्पसको रजत जयन्ती समारोहमा सहभागी भएर राजधानी फर्केको हेलिकप्टर मौसम खराबीका कारण फाप्लु फर्किएको हो । रजतजयन्ती समारोहलाई सम्बोधन गरी उनी सेनाको हेलिकोप्टरमार्फत् काठमाडौंका लागि उडेकी थिइन् । तर खराब मौसमका कारण १५ मिनेटमै हेलिकोप्टर फाप्लु विमानस्थल फर्किएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार हेलिकोप्टर सेनाको गुल्ममा छ भने राष्ट्रपति विमानस्थल नजिकैको किर्मु होटलमा रहेकी छिन् । प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रपति भण्डारी आज जिल्लामै बास बस्नुहुनेछ । देशभर आज बिहानैदेखि पानी परेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…