एन प्याव्सन स्पोट्सको उपाधी पिनाकललाई

पथरी / एन प्याव्सन मोरङले आयोजना गरेको दोस्रो एन प्याव्सन स्पोर्टस्को उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ । मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र ७ कास्यका साथ १३६ अंक हासिल गर्दै एथलेन्टीक्स खेलतर्फको उपाधी हात पार्न सफल भएको हो । त्यस्तै मिक्लाजुङको निर्मल शिदार्थ इंलीस स्कुलले ५ स्वर्ण १५ रजत र १४ कास्यका साथ ९८ अंक प्राप्त गर्दै दोस्रो उपाधी हासिल गरेको छ त्यसैगरी ग्रामथानको बुद्ध इंलिस स्कुलले ८ स्वर्ण ३ रजत र २ कास्य साथ ५३ अंक प्राप्त गर्दै तेस्रो उपाधी हासिल गरेको छ ।

भलिवल छात्र तर्फ ग्रामथानको बुद्ध इंलिस स्कुल प्रथम कसेनी मोडल स्कुल बेलवारी दोस्रो र मिक्लाजुङको निर्मल शिदार्थ इंलीस स्कुलले तेस्रो उपाधी हात पारेका छन् । भलिवलकै छात्रा तर्फ माउण्ट हर्मन प्रथम मोरङ ज्ञानोदय बेलवारी दोस्रो र पिनाकल ज्ञान मन्दिर कानेपोखरीले तेस्रो उपाधी हासिल गर्न सफल भएका छन् । कवड्डी जुनियर छात्रतर्फ मोरङ ज्ञानोदय प्रथम, पिनाकल ज्ञान मन्दिर दोस्रो र सगरमाथा इंलीस स्कुलले तेस्रो उपाधी हासिल गरे भने जुनियर छात्रातर्फ माउण्ट हर्मोन प्रथम, बुद्ध ईलिस स्कुल दोस्रो र डाँगिहाट लिटल बुद्धले तेस्रो उपाधी हात पर्न सफल भएभने कवड्डी सिनियर छात्रातर्फ निर्मल शिद्धार्थ प्रथम पिनाकल ज्ञान मन्दिर दोस्रो र मोरङ ज्ञानोदय तेस्रो स्थान हासिल गर्न सफल भए ।

विजेता टिमलाई एनप्याव्सन प्रदेश नम्वर १ का अध्यक्ष जय बहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । स्पोर्टस् मिटमा मोरङमा एनप्याब्सन सँग आवद्द निजी स्कूलबाट करिव २ हजार विद्यार्थी खेलाडीहरुको प्रत्यक्ष सहभागि रहेको खेल एन प्याव्सन जिल्ला सचिव नारायण प्रसाद ढकालले जानकारी दिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

कुटो कोदालीद्वारा ४ जना वडाध्यक्ष सम्मानित

काम विनै तलब खाने जनप्रतिनिधिको तलब फिर्ता गर्न माग

बेलबारीको बिच राजमार्गमा भेटियो बम, सडक आवागमन बन्द

प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

लायन्सद्धारा ह्विल चेयर वितरण

चौथो नगर फुटवलमा वडा नं. २ लाई पाखा लगाउदै १ सेमिफाईाल प्रबेश

पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

अनुप्रस्थ फागुन २३ मा पथरी आउदै

पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

फागुन १५ देखि हात्तीपाइले बिरुद्धको अभियान (जानकारीकाेलागी सेयर गराैं)

तपाईको प्रतिक्रिया