किन्डर पिलरकाे एक दिने निःशुल्क दन्त सिबिर सम्पन्न

ईटहरी / किन्डर पिलर आइवी लिग किड्स इटहरीमा निःशुल्क दन्त सिबिर सम्पन्न भएकाे छ । किन्डर पिलर आइवी लिग किड्सकाे अायाेजना तथा इटहरी स्थित मनकामना डेण्टल क्लिनिक एण्ड अर्थाेडाेन्टिक केयरकाे प्राबिधिक सहयोगमा सिबिर सम्पन्न भएकाे हाे । बिहान ११ देखि ४ बजे सम्म संचालन भएकाे उक्त सिबिरमा किन्डर पिलर अध्यानरत बिधार्थीहरूले स्वास्थ्य सेवा लिएका थिए ।

बिद्यालयमा अध्यानरत बिधार्थीहरुरूकाे परिवारलाइ मनकामना डेण्टलमा २५ प्रतिशत छुटकाे व्यवस्था समेत रहेकाे प्रि स्कुलका डाईरेक्टर श्रुति शर्माले बताइन् । किन्डर पिलरले अमेरिकन फर्मेटलाई आत्मसाथ गर्दै वालवालिाकालाई सिकाउने काम गर्दै आएको छ । विद्यालयले अहिले प्ले गु्प देखी २ कक्षा सम्म सञ्चालन गर्दै आइरहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया