भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाले मोवाइल एप्स सञ्चालनमा ल्याएको छ । गाउँपालिका मार्फत सञ्चालन गरिदै आएका हरेक सेवा सुविधाहरुलाई सरल सुर्लभ र सर्वसाधारणको लागि सजिलै सुचना जानकारी प्रदानका लागि आज देखि मोवाईल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाका सुचना प्रविधि दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
मोबाईल एपमार्फत गाउँपालिकाका ९ वटै वडा कार्यालयहरुको विवरण, कर्मचारी विवरण, कार्यक्रम तथा परियोजना, सुचना तथा जानकारि, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवाहरु लगाएत गाउँपालिकाको गतिविधिहरु सजिलै मोवाईल मार्फत हेर्न सकिने व्यवस्था भएको गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताउनु भयो ।
त्यस्तै गाउँपालिका बाट पारीत भएका सम्पूर्ण ऐन कानुन, गाउँपालिकाका महत्वपूर्ण पर्यटकिय स्थल, आपातकालीन नम्बर, पनि एप्स मार्फत हेर्न सकिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा मोवाईल एप्स सञ्चालनमा आएसंगै जुनसुकै ठाउँमा बसेर पनि गाउँपालिकाले गरेका कामको विषयमा हेर्न पाउने भएपछि गाउँपाकिलाकाका स्थानीयहरु खुशी भएका छन् ।