उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवको निधन

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवज्यूकी बुहारी मनीषा यादवको निधन भएको छ । लामो समयदेखि क्यानसरको बिरामी रहेकी यादवको मंगलवार दिउसो भक्तपुर क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।मंगलवारै साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने यादवको पारिवारिक श्रोतले जनाएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्रका छोरा अमरेन्द्रले मंगलवार बिहान एउटा स्टाटस लेख्दै दुख्द क्षणलाई सार्वजनिक गरेका थिए । उनले मंगलवार बिहान लेखेका छन् -‘छ्टपटिका कुन्ठाहरु निकै बाहिर देखाउन नमिल्ने निकै तितो अनुभव झेलेको जीबनमा महसुस गर्दै छु, यति कमजोर त म अबश्य होइन जस्तो लाग्थ्यो आखिर को रहेछु त म !! जीवनमा पुनः त्यही छण ।

बिहेलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यहाँ डेढ वर्षसम्म उपचार चलेको थियो । डाक्टरले लामो समयसम्म बाँच्न नसक्ने भनेपछि उनलाई आठ महिनाअघि नेपाल ल्याएको थियो ।काठमाडौंमा उनलाई घरमै राखिएको थियो । विरामी शुरु भएपछि ६ दिनअघि उनलाई क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले २०७२ वैशाख २९ गते सप्तरी बथनाह-१ का शशीकुमार र शोभा यादवकी छोरी मनिषा यादवसँग आफ्नो छोरा अमरेन्द्र यादवको विहे गरी बुहारीका रुपमा भित्र्याएका थिए ।विराटनगर-१२ हाटखोलास्थित दधिराम कम्पेल्कसको ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा उनको विवाह धुमधामका साथ भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन् ।

तपाईको प्रतिक्रिया

Loading…