बुढासुब्बा गोल्डकप : धरान फुटबल क्लब सेमी फाइनलमा प्रवेश

धरान / पाहुना टिम डलहाउजी एथलेटिक्स क्लब कलकत्तालाई हराउदै आयोजक धरान फुटबल क्लब धरानमा जारी २१ औ बुढासुब्बा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भएको प्रतियोगितामा पाहुना टोली भारतको डलहाउसी एथलेटिक क्लब कलकत्तालाई धरान फुटबल क्लबले शुन्यका विरुद्ध २ गोल गर्दैै अन्तिम चारमा स्थान पक्का गरेको हो । जितसगै आयोजकले सेमीफाइनलमो सिएमजे संकटाको सामाना गर्ने छ । आयोजकको जितका लागी मिलन राई र वर्तमान राईले गोल गरेका थिए । खेल सुरु भएको ९ औ मिनेट विपक्षीको मिस पासलार्ई सदुययोग गर्दै सेन्टरबाट वान भर्सेस वान गोल गरेका थिए ।

उनको गोलसगै अग्रता लिएको आयोजकका लागी अन्तिम तथा निर्णायक गोल डिफेन्स योगेश राईको लामो पासलाई सदुपयोग गर्दै वर्तमान राईले २३ औ मिनेटमा गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरेका थिए । प्रतियोगिताको म्यान दि भ्याज आयोजक धरान फुटबल क्लबका बर्तमान राई घोषित भए उनले नगद १५ हजार र ट्रफी प्राप्त गरे । घरेलु मैदानमा दर्शको साथ पाएको धरानले केही राम्रा मौकासदुपयोग गर्न भने सकेन । खेल सुरु भएको २४ औ मिनेट विटु तामागंको पासका हेमन्त थापामगरको प्रहार विपक्ष्ीा गोल रक्षक एस सिंहले विफल तुल्याए भने लगतै हेमन्त थापको पासका सौजन लिम्बुको उत्कृष्ट प्रहार विपक्षि गोल रक्षक एस सिहले नियन्त्रणमा लिए ।

दोस्रो हाफको ४ मिनेटमा वर्तमान राईको पासमा मिलन राईको प्रहारले गोलको दिसा दिन नसक्दा ४२ औ मिनेटमा मनोज राईको पासमा वर्तमान राईले गरेका भलि प्रहार विपक्षि गोल रक्षकले नियन्त्रणमा लिए । सुरुवातमा राम्रो प्रदर्शन गर्न नसकेको कोलकक्ताले दोस्रो हाफमा राम्रो प्रदशन गरेको भए पनि स्कोर निकाल्न नसक्दा पहिलो चरणवाटै घर फर्कन बाध्य भयो । पहिलो हाफको ३२ औ मिनेटमा डि एलेनाको पासमा ए रोय ले डि वक्स भित्र वान भर्सेज वानमा चुके , उनको प्रहार आकशिएको थियो भने दोस्रो हाफको ११ औ मिनेटमा टि अनिष्टे भाइलेण्ट को उत्कृष्ट प्रहार विपक्षिगोल रक्षक विनय श्रेष्ठले पञ्च गरेर विफल तुल्याइदिए । बुधबारको अन्तिम क्वाटर फाइनल खेल शसस्त्र प्रहरीको एपिएफले मनोकामना आहा गोल्डकप विजेता दाउफिन्स क्याम्रोनको सामना गर्ने छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…