फुसको छानो हटाई जस्ताको छानो हाल्ने मेयर लाई यस्तो सम्मान…!

मोरङ । मेयरका लागी गाडी किन्न आएको पैसाले नगरभित्रका फुसको छानो भएको घरमा जस्ताको छानो हाल्ने अभियान शुरु गरेका लेटाङ नगरपालिकाका मेयर शंकर राई सम्मानित भएका छन ।

किरात राई यायोक्खा मोरङको जिल्ला अधिवेशनको अवसरमा उनलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्मान गरेका हुन । राई समुदायवाट नगरपालिकाको प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित भएर लोकप्रिय काम गरी जनताको मन जित्न सफल भएकोमा उनलाई सम्मान गरिएको यायोक्खाका जिल्ला अध्यक्ष नबिन राईले जानकारी दिएका छन ।

मेयर राईले मोरङको बिकट नगरपालिका अन्र्तगत बिभिन्न वडामा फुसको छानो हटाएर जस्तापाता लगाउने अभियान अन्र्तगत केही दिनअघि उनले एक कार्यक्रमका बिच जस्तापाता समेत बितरण गरेका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…