परिवार सम्पर्कमा नआउँदा कुवेतमै रोकियो धुनियाको शव

दोहा / गत जनवरी २२ तारिखमा निधन भएका अजिम धुनियाको शव कुवेतमै रोकिएको छ । धनुषा ठाडी झिगा-७ घर भएका मृतक अजिमका परिवार सम्पर्कमा नआउँदा उनको शव कुवेतमै रोकिएको छ ।

राहदानीका आधारमा मृतकको पहिचान खुलेपनि परिवारसँग सम्पर्क हुन नसकेको नेपाली राजदूतावास कुवेतले जनाएको छ । दूतावासका अनुसार मृतकको शव स्वदेश पठाउन आवश्यक कानुनी प्रक्रिया भने पुरा भईसकेको छ । कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत २८ बर्षिय अजिम धुनियाको मृत्युको कारण बारे जानकारी आइनसकेको नेपाली दुताबास कुवेतले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया