नेपाली कर्मचारीलाई भारतमा तालीम

काठमाडौँ / भारतको विदेश मामला मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्र्तगत नेपालको अर्थ मन्त्रालयका २० कर्मचारीको दोस्रो टोली सहभागी ‘इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स’ तालीम आजदेखि भारतमा शुरु भएको छ । कूल ६२ कर्मचारीलाई प्रदान गरिने उक्त तालीम १० दिनसम्म सञ्चालन हुने काठमाडौँस्थित भारतीय दूतावासले जनाएको छ ।

तालीमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे क्षमता अभिवृद्धि गर्नेछ । प्रथम समूहका २० नेपाली कर्मचारीले १० दिने तालीम सम्पन्न गरेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…