सुन्दरहरैँचामा श्रीपञ्चमीको अवसरमा विविध कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा / मोरङ सुन्दरहरैँचाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरुमा श्रीपञ्चमी तथा सरस्वती पुजाको अवसरमा विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरुको गतिविधी सम्पन्न भएको छ । सुन्दरहरैंचाको बाल प्रतिभा अङ्ग्रेजी माध्यमिक विधालयले सरस्वती पुजाको अवसरसंगै आफ्नो २५ औ अभिभावक दिवस तथा पुरस्कार वितरण एक विशेष कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं.१ का प्रदेश सांसद राजकुमार ओझा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य विधालयका सहायक प्रिन्सीपल तुलसी पौडेलले राखेका थिए । २५ आंै अभिभावक दिवस तथा सरस्वती पुजाको अवसर पारी विधालयले बाल प्रतिभा डान्स आइडल सिजन १ को फाइनल राउण्डको समेत आयोजना गरेको थियो । कार्यक्रममा अतिरिक्त क्रियाकलाप लगायत विधालयले आयोजना गरेको बाल प्रतिभा स्पोर्ट्स मिट २०७५ का विभिन्न कक्षाका उत्कृष्ट विधार्थीहरुलाई पुरस्कार वितरण लगायतका विविध कार्यक्रम गरिएको विधालयका प्रिन्सीपल गणेशप्रसाद दाहालले बताए ।

सुन्दरहरैंचा ६ मा अवस्थीत पूर्वाञ्चल ऐकेडेमीमा श्रीपञ्चमी पर्व तथा सरस्वती पुजाको अवसरमा ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाईएको छ । कार्यक्रमका अवसरमा सम्मान पुरस्कार वितरण तथा विद्यार्थीहरुको मनोरञ्जन मुलक तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा ८५ वर्षिय जेष्ठ नागरिक तथा अभिभावक सुनमाया तामाङ तथा विद्यालयमा राम्रो शिक्षण कार्य गर्ने शिक्षक सीताराम कोईराला तथा कर्मचारी अम्बीका भुजेललाई सम्मान गरिएको थियो । उपमेयर धनमाया तामाङको प्रमुख अतिथीमा भएको कार्यक्रममा विधालयमा पढने वर्ष भरीका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको विद्यालयका प्रिन्सिपल दिपेन्द्र राईले बताए ।

तेसैगरी ज्ञानज्योती इङ्लिस स्कुल गोठगाउंले श्रीपञ्चमी पर्वको अवसरमा सरस्वती पुजालाई निरन्तरता दिदैँ विद्यालयमा विविध मनोरञ्जन मुलक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानिय जातीय भेशभुषा प्रर्दशनी गरि विधार्थीलाई प्रसङ्सा स्वरुप पुरस्कार समेत वितरण गरि सम्मान गरिएको विधालयका प्रिन्सिपल देवी सिटौलाले बताए । पञ्चायत मां.वि गोठगाउँका पूर्व प्रअ टोमबहादुर श्रेष्ठको प्रमुख अतिथीमा भएको कार्यक्रममा विद्यार्थीहरुले गीत, कला, नृत्य ,कविता प्रस्तुत गरि सरस्वती पुजाको कार्यक्रम धुमधामका साथमा मनाएर कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको विद्यालयका प्रिन्सिपल सिटौलाले जानकारी दिए ।

मोरङको सलकपुरमा रहेको ब्राइट फ्यूचर मा वि ले सरस्वती पुजाको अवसरमा गत बर्ष झै यस बर्ष पनि आफ्ना विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले पुजापाठ नाचगान लगायत आफ्ना विभिन्न कला प्रस्तुत गरेका थिए । विधार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि नृत्य तथा गायन प्रतियोगिता समेत गरिएकोले कार्यक्रमलाई थप मनोरन्जन मूलक बनाउन गायक संजीव धिमालको साथका गीत संगित समेत प्रस्तुत गरिएको विधालयका शिक्षक तथा कार्यक्रमका संन्चालक केशव विष्टले जानकारी दिए । विगत २७ बर्ष अघि स्थापना भएको यस विद्यालयमा हाल ११ सय भन्दा बढि विद्यार्थीहरु सुविधा सम्पन्न भवनमा अध्ययानरत रहेको तथा विद्यालयले विद्यार्थीहरुको क्षमता विकासको लागि विभिन्न शैक्षिक र व्यवहारीक ज्ञानलाई समेत जोड दिएको प्याब्सन प्रदेश न. १ का वरिष्ठ उपाध्यक्ष तथा विद्यालयका प्रिन्सीपल टिकाराम ढकालले बताए ।

सरस्वती पुजाको शुभ अवसर सँगै सुन्दरहरैँचाको खोर्सानेमा रहेको सिद्धार्थ मा वि ले आफ्ना विविध कार्यक्रम गरि श्रीपञ्चमी पर्व मनाएको छ । विद्यालयमा सरस्वती माताको पुजा आराधना नाचगान साथै स–साना नानिहरुलाई अक्षरराम्भ गर्दै भर्ना अभियान लाई निरन्तरता दिएर सरस्वती पुजा विशेस महत्वका साथमा सम्बन्धीत सबैको सहभागितामा भव्य रुपमा मनाईएको प्याब्सन मोरङका अध्यक्ष तथा विधालयका संस्थापक प्रिन्सीपल अर्जुन बस्नेतले बताए । विधालयले श्री पञ्चमीको अवसरमा विधाथीहरुको प्रतिभा प्रस्फुटनको विभिन्न कार्यक्रमहरु सिद्धार्थ नृत्य तथा गायन प्रतियोगिता तथा १ देखी १२ सम्मका विधार्थीहरुका नृत्य तथा, गायन र नाटक प्रदर्शन,वार्षिक पुरस्कार वितरण साथै गोविन्द श्रेष्ठ अक्षयकोष पुरस्कार वितरण लगायतका कार्यक्रम गरि सिद्धार्थ विधार्थी दिवसको कार्यक्रम समेत सफलता पूर्वक सम्पन गरेको विधालयका सहायक प्रिन्सीपल जे वी थुलुङले जानकारी दिए ।

श्रीपञ्चमी पर्वको अवसर पारेर उतरी मोरडका विभिन्न विधालयहरुले सरस्वती पुजाको कार्यक्रमसंगै विधालयमा विधार्थीहरुको संस्कृतिक तथा नृत्य प्रस्तृतीको कार्यक्रम सम्पन्न गरेका छन् । त्यस अवसरमा सुन्दरहरैंचाको टेन्डरफिट, जुपीटर ,माउष्ट मकालु,मदरल्यान्ड मावि ,पंचायत मावि ,सुकुना बहुमुखी क्याम्पस ,सुकुना मावि, सुविजीमुर मेमोरियल मावि, प्रभात किरण,स्कोइट बो.स्कुल, स्कलर्स होम ,बालबगैचा मन्टेश्वरी , रोजाई मन्टेश्वरी,जनता मावि,एचएम मन्टेश्वरी,दराइजिड.,हरैचा मोडल, सामुदायिक सरस्वती, इन्द्रपुर नमुना मा वि,ब्रिटीस ल्याड.गोज, तथा बेलवारीको शिक्षा सन्देस,सगरमाथा बोडिड.स्कुल, गोदावारी आवासीय विधा मन्दिर लगायतका निजी तथा समुदायिक विधालयहरुले पनि श्रीपञ्चमी पर्व लाई निरन्तरता दिएर हर्सोंउल्लासका साथ सरस्वती पुजा मनाएका छन् । विधाकी देवी सरस्वती माताको महत्व शैक्षिक र कलाको क्षेत्रमा विशेस भएकाले श्रीपञ्चमीपर्वको अवसरमा विभिन्न विधालयहरुका ससाना नानीहरुलाई अक्षरराम्भ गर्ने चलन रहेको हुदां गत बर्ष झै यो बर्ष पनि सरस्वती माताको पुजापाठ लगायतको कार्यक्रम सबैको सहभागितामा गरेर सरस्वती पुजा मनाईएको सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

घिमिरेकाे माटाकाे आस्था कविता संग्रह विमाेचन

सुन्दरहरैंचाकाे खाेर्सानेमा अक्सिजन फिट्नेश नेपाल , १ कराेडकाे लगानीमा जिमखाना आयो संचालनमा (३३ तस्विरहरू सहित)

सुविजीमुर मेमोरियलको २५ औं अभिभावक दिवस सम्पन्न

हरैंचा मोडलको १६ औं अभिभावक दिवस सम्पन्न

जुपिटर स्कुलकाे अभिभावक दिवस सम्पन्न

चतराधाममा अर्द्व महाकुम्भ मेलाकाे आज उद्घघाटन हुने

चतराधाममा दोस्रो पिण्डेश्वर अर्द्व कुम्भमेला : ओलीद्धारा उद्घाटन हुने मेलामा एक करोड भक्तजनको सहभागिता रहने

सेताे बङगला एकेडेमीकाे वार्षिकोत्सब सम्पन्न

तरकारी खेतीबाट लाखौं आम्दामी, स्वदेशी माटोमा सुन फलाउंदै मोहनलाल

सुन्दरहरैंचाको शुक्रबारेमा खेल मैदानको शुभारम्भ

तपाईको प्रतिक्रिया