बहुधार्मिक महायज्ञमा आज ७ लाख ५९ हजार सहयोग संकलन

संखुवासभा / संखुवासभाको मादीमा सञ्चालन गरिएको धार्मिक एकताको ज्ञान महायज्ञमा सोमबार ७ लाख ५९ हजार ९ सय ५९ रुपैंया आर्थिक सहयोग जुटेको छ । मादी बहुमुखि क्याम्पसको आर्थिक उन्नयनको लागि २५ गते देखि सुरु गरिएको बहुधार्मिक, बहुसांस्कृतिक महायज्ञमा सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । शनिबार साढे १८ लाख रकम संकलन भएको थियो भने आइतबार ७ लाख ९४ हजार ३ सय ४६ रुपैंया संकलन भएको थियो । हालसम्म ३४ लाख ५ हजार ३ सय ५ लाख सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

महायज्ञमा हिन्दु, बौद्ध र किरात धर्मका धर्म गुरुहरुले प्रवचन दिइरहेका छन् । हिन्दु धर्मका पण्डित दिनबन्दु पोख्रेल, बौद्ध धर्मका डा. शिरलामा गुरुङ, किरात धर्मका कमल तिगेला खेवाहाङ, डिबी आङबुङ लिम्बु र झुमा वनेम लिम्बुले प्रवचन दिएका हुन् ।

२०४४ सालमा स्थापना भएको मादी बहुमुखी क्यापसको आर्थिक अवस्था ज्यादै दयनिय भएकोले बृहत्तर क्यापसको शैक्षिक विकास गर्न महायज्ञ गरिएको आयोजकले जनाएको छ । क्याम्पसको आर्थिक उन्नयन, सामाजिक तथा धार्मिक एकताको सन्देश दिनको लागि महायज्ञको आयोजना गरिएको हो । मादी नगरपालिकाको प्रायोजन तथा मादी बहुमुखी क्याम्पसको आयोजनामा भएको महायज्ञ फागुन ४ गते सम्पन्न हुनेछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया