बुढासुब्बा गोल्डकप : पुलिस अन्तिम चारमा

धरान / विभागीय टिम नेपाल पुलिस २१ औ बुढासु्ब्बा गोल्डकपको सेमीफाइनल पुगेको छ । धरान १६ रंगशालामा सोमबार भएको दोस्रो दिनको प्रतियोगतामा पुलिसले सहारा क्लब पोखरालाई सडेन डेथको आधारमा विजय हुदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा निर्धारित समय अवधिभर दुवै टिमबाट एक÷एक गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलको ३३ मिनेटमा पुलिसका रवि पासवानले दिएको पासलाई सदुपयोग गर्दै निरकुमार राईले १ गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए । यस्तै सहाराका तर्फबाट भने पेनाल्टीमार्फत गोल गरेको थियो । पुलिसका खेलाडी अजित भण्डारीले डिबक्सभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपोग गर्दै खेलको ८४ मिनेटमा विष्णु अधिकारीले गरको प्रहारले खेललाई बराबरीमा पु¥याएका थिए ।

त्यसपछि दुवै टिमबाट आक्रमक खेल प्रदर्शन गरे पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको हो । ट्राइबेकरमा दुवै टिमबाट ३÷३ गोल भएको थियो । पुलिसका तर्फबाट अजित भण्डारी, देवेन्द्र तामाङ्ग र सुमन सुवेदीको पहार गोलमा परिणत भएको थियो भने तेज तामाङ्ग र हरि कठायतल हानेको बल सहाराका गोलरक्षक लक्कीकुमार कार्कीले छेकेका थिए । यता सहाराका तर्फबाट भने विश्व अधिकारी , विनोद गुरुङ र जनक कुलदिप कार्कीले हानेको प्रहार गोलमा परिणत भएको थियो भने गोविन्द थापा र रमेश मगरले हानेको बल पुलिसका गोलरक्षक सत्रुधन चौधरील रोकेका थिए ।

ट्राइबेकरमा बराबरी भएपछि अन्तमा सडेन डेथका आधारमा निर्णय लिइएको थियो । सडन डेटमा पुलिसको भरत साहका प्रहार गोलमा परिणत भएको थियो भने सहाराका तर्फबाट अञ्जन देवकोटाले हानेका बल बाहिरिएको थियो । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका निरकुमार राई घोषित भए । उनले नगद १५ हजार ट्रफी र प्रमाणपत्र हात पारे । भर्खरैमात्र पुलिसले खप्तड गोल्डकप समेत जितेको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…