बुढासुब्बा गाेल्डकप : सडेन डेटको आधारमा २–० गोल अन्तरले हराउदै संकटा सेमी फाइनलमा प्रवेश

धरान / सियमजी संकटा क्लब धरानमा शुरु भएको २१ आंै रेडबुल बुढासुब्बाको सेमी फाइनलमा प्रवेश गरेको छ । संकटाले मेची नेत्रालयाई सडेन डेटको आधारमा २–० गोल अन्तरले हराउदै पहिलो खेल जित्दै सेमी फाइनलका यात्रा तय गरेको हो । संकटाका तर्फबाट सेड्रिक आब्बा र अमित तामाङका प्रहार गोलमा परिणत भएको थियो भने मेची नेत्रालयका तर्फबाट पुजन उपरकोटील गोल गरेका थिए । दिलेन लोक्तानले गरको प्रहार भने विपक्ष संकटाका गोल रक्षक राजाबाबु थापाले बचाएका थिए ।

खेलको म्यान अफ म्याच संकटाका गोलरक्षक राजाबाबु थापा घोषित भए । उनले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र हात पारेका थिए । माघ २७ गते भएको प्रतियोगिता समयका अभावका कारण सोमबार विहान ट्राइबेकरको आधारमा निर्णय लिनुपरेको थियो । खल लम्बिदा खेल मैदानमा लाइट नभएपछि खेलबरीमै राखिएको थियो । प्रतियोगिता अवधिभर २–२ गोल बराबरीमा रोकिएपछि भएको ट्राइबेर र सडनडेथमा समेत बराबरीमा टुंगिएको थियो । आयोजक बुढास्ुब्बा क्लबले खेलको निर्णय सोमबार विहान ट्राइबेकरबाट गर्ने घोषणा गरेसंगै सोमबार विहान सडनडेथको आधारमा निर्णय गर्नुपरेको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया