कसमस सिमेन्टद्वारा अवैध चुन ढुंगा उत्खन्न, लेनदेनमा कुरा नमिलेपछि वन कार्यालयद्वारा उत्खन्नमा रोक

उदयपुर / उदयपुरगढीमा रहेको कसमस सिमेन्टको चुन ढुंगा खानीमा अवैध रुपमा उत्खन्न गरेको भन्दै वन कार्यालयले रोक लगाएको छ । धनुषाको महेन्द्रनगरमा रहेको कसमकस सिमेन्टले उदयपुरको उदयपुरगढी गाउँपालिका ४ र ५ वडाको सीमा क्षेत्रमा पर्ने माटी खोला राष्ट्रिय वनबाट विगत ६ महिनादेखि उत्खनन गर्दै आएको चुनढुंगा रोकिएको हो । कसमसले वन क्षेत्रमा खानी उत्खननको कानूनी प्रक्रिया नपुर्याएपछि डिभिजन वन कार्यालय त्रिवेणीको निर्देशनमा रोकेर अनुसन्धान थालेको छ । डिभिजन वन कार्यालय त्रिवेणी अन्तर्गतको सव डिभिजन तावाश्रीका सहायक वन अधिकृत धर्मनाथ यावदलाई अनुसन्धान अधिकृत तोकेर तत्काल चुनढुंगा उत्खनन कार्यमा रोक लगाएको जानकारी दिएको छ । ‘वन डिभिजन कार्यालय त्रिवेणीले मलाई नै कसमसले चुनढुंगा उत्खनन गरेको राष्ट्रिय वन क्षेत्रको अनुसन्धान अधिकृत तोकेको छ’, यादवले भने, ‘म जाँदा उत्खनन भईरहेको राष्ट्रिय वनबाट कसमस सिमेन्टका डोजर र स्काभेटर भागिसकेका थियो, कुनैलाई पक्राउ गर्न सकिएन ।’

स्थानीयका अनुसार कसमस सिमेन्ट कारखानाका प्रतिनिधि, डिभिजन वन कार्यालय त्रिवेणीका कर्मचारी, गाउँपालिका प्रतिनिधि विच ३ दिनदेखि वन क्षेत्रको चुन ढुंगा उत्खन्न गर्न दिने वा नदिने विषयमा छलफल भैरहेको भएपनि लेनदेनमा कुरा नमिलेपछि वन कार्यालयले रोकेको उनीहरुले आरोप लगाए । हिजोसम्म वनको कर्मचारीले चुन ढुंगा उत्खन्न गरेको ठाउँको निरीक्षण गरेको थियो, स्काई भेटर र डोजरले ढुंगा डंग डंगती उत्खन्न गरेको देखेको स्थानीयहरुले बताए । स्थानीयहरुका अनुसार हामीले सवै दिन चुन ढुंगा उत्खन्न गरेको देख्नु तर, वनको कर्मचारीले राष्ट्रिय वन क्षेत्रभित्रबाट चुन ढुंगा उत्खन्न गर्दै गरेको स्काईभेटर र डोजर नदेख्नु हास्यस्पद कुरा र दालमा केही काला रहेको बताए ।

धनुषामा रहेको कसमस सिमेन्टले उदयपुरको कटारी नगरपालिका ८ पट्नाभन्ज्याङ र उदयपुरगढी गाउँपालिका ४ र ५ मा पर्ने माटीखोला अमिले पाखाबाट चुनढुंगा उत्खन्न गरी ढुवानी गर्दै आएको छ । उदयपुरगढी गाउँपालिकाको माटीखोला राष्ट्रिय वन क्षेत्रमा पर्छ । तर, लेनदेनको कुनै कुरा नभएको त्रिवेणी वन डिभिजन कार्यालय कटारीका प्रमुख वरिष्ठ वन अधिकृत दानबहादुर श्रेष्ठले बताए । उनले राष्ट्रिय वन क्षेत्र उत्खनन् गरी लैजाने चुनढुंगा रोकिएको समेत स्वीकार गरेका छन् । ‘हाम्रा वन अधिकृतले गएर हेर्दा त्यो क्षेत्र राष्ट्रिय वनमा पर्ने र कतै सर्वसाधारणका निजी जग्गा भएको पनि पाएका छौं’, उनले भने, ‘नापी कार्यालयबाट अमिन टोली बोलाई जग्गा छुट्टयाएर मात्र उत्खनन् गर्न दिने गरी रोकेका छौँ ।’ राष्ट्रिय वनमा समेत दोहन गरेको पाइएकाले वनले तत्कालको लागि रोक्नु परेको डिभिजन वन प्रमुख श्रेष्ठको भनाई छ ।

स्थानीयका अनुसार केही नापी भएको जग्गा र सर्वसाधारणले खरबारीको रुपमा प्रयोग गर्दै आएको क्षेत्रमा कसमस सिमेन्टले उत्खनन् गर्ने चुनढुंगा छ । त्यही खरबारी पाखो नै राष्ट्रिय वन क्षेत्रसँग जोडिएको छ । उदयपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष कुमार अधिकारीले खानी उत्खनन क्षेत्र वनमा पर्ने बताए । ‘खानी उत्खनन भइरहेको थियो,’ उनले भने, ‘वडामा र स्थानीय सरकारसँग खासै सम्बन्ध नहुने भएकाले हामीले चासो दिएका थिएनौँ । अहिले वनले रोकेको छ ।’ सबै प्रक्रिया पूरा गरेका छौँ, कसमस सिमेन्ट कसमस मिसेन्टका कार्यकारी प्रमुख कृष्ण दुलालले चुनढुंगाको खानी सञ्चालनको लागि निर्माण गर्दै गरेको सडककै काममा वन कार्यालयले रोकेको जानकारी दिए । ‘हामी खानी सञ्चालनको लागि सडक निर्माण गरिरहेका थियौं । सडक निर्माणको क्रममा भेटिएका चुनढुंगा ढुवानीसमेत गरिरहेका थियौं । त्यही क्रममा वनले रोकेको छ । उनले नेपाल सरकारसँग चुन ढुंगा उत्खनन गर्दा गर्नुपर्ने सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको समेत बताएका छन् । ‘वन, खानी विभागमा गर्नुपर्ने सम्पूर्ण कागजी प्रक्रिया पु‍र्याएका छौं’, उनले भने, ‘अहिले सडक निर्माण गरिरहेका छौं । खानी उत्खनन नगर्दा रोकिएको छ । सडक निर्माणको क्रममा भेटिएको चुनढुंगा मात्र ढुवानी गरेका हौँ ।’

गाउँपालिकाको गुम्यो लाखौं राजश्व

स्थानीयका अनुसार चुनढुंगा व्यक्तिको जग्गा वा वनको जग्गामा भएपनि वन प्रवेशको अनुमति नभएको बताएका छन् । विगत ३ वर्षदेखि उक्त क्षेत्रबाट चुनढुंगा उत्खन्न गर्दै आएको छ । गत वर्ष गाउँपालिकालाई सवारी पार्किङ्ग वापत ५० रुपैया र ढुंगा उत्खन्न कर वापत १०० रुपैया उठाउँदै आएपनि यस वर्ष सवारी पार्किङ्ग कर मात्रै उठाउने गरेको स्थानीयहरुले गुनासो गरेका छन् । उनीहरुका अनुसार उत्खन्न कर नउठाउँदा गाउँपालिकालाई ढुंगा उत्खन्न वापत १० लाख भन्दा बढी राजश्व गुमेको बताए । के कारणले ढुंगा उत्खन्न कर गाउँपालिकाले नलिएको सो बारे आफुहरु अनभिग्य रहेको बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, दुईको अवस्था गम्भिर

बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुरमा बाँदर आतंक : बाँदर नियन्त्रण गर्न प्रशासनलाई ध्यानाकर्षण पत्र

‘हत्या पछि बलात्कार’ घटनाका दोसीलाई १६ वर्ष कैदको फैसला

उर्जा मन्त्रालयको जिपले ५ वर्षिय बालकलाई ठक्कर, स्थानीयद्वारा यातायात अवरुद्ध

कटारी नगरपालिकाका तत्कालिन लेखा अधिकृत विरुद्ध ७ करोड २२ लाखको भ्रष्टाचार मुद्दा

उदयपुरमा गोरुले लात्ती हान्दा एकको मृत्यु

उदयपुरमा आगलागीबाट ३ घर जलेर नष्ट, २३ लाख बराबरको क्षति

उदयपुरमा टिपरको ठक्करबाट एक गम्भीर घाइते

उदयपुरको कटारीमा बम फेला, प्रतिबन्धितपछि विप्लवको पहिलो नेपाल बन्द

तपाईको प्रतिक्रिया