पारिश्रमिक नपाएको भन्दै समताका शिक्षक प्रशासनमा

सोलुखुम्बु / तलब नपाएको भन्दै समता स्कुलका शिक्षकहरुले जिल्ला प्रशासन कार्यालय पुगेका छन् । समताका शिक्षक तथा अविभावकले पारिश्रमिक नपाएको, समता फाउण्डेशनले स्कुलको व्यवस्थापनमा ध्यान नदिएको भन्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगर समक्ष पुगेका हुन् ।

नर्सरी र कक्षा एक संचालनमा ल्याएको समताले व्यवस्थापनमा ध्यान नदिएको, पारिश्रमिक नपाएको, स्कुल रहेको घरको भाडा नबुझाएको, फर्निचरको भुक्तानी नदिएको लगायतका समस्या देखाउदै शिक्षक र अविभावकले प्रशासनलाई गुहारेका हुन् । उनीहरुले पटक पटक संचालकलाई जानकारी गराउदा समेत ध्यान नदिएपछि प्रशासन गुहार्नुपरेको प्रिन्सिपल पेमाछिरिङ तामाङले बताए ।

आईतबार प्रशासन पुगेका उनीहरुले सहज वातावरण बनाईदिन लागि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए । समता स्कुलमा अहिले ८० विद्यार्थीले पढ्दै आएका छन् । प्रमुख जिल्ला अधिकराी नरेन्द्र रानाले तत्काल समता फाउण्डेशनका संचालकलाई टेलिफोन गरि समसय समाधानका लागि आग्रह गर्नुभएको थियो । रानाको आग्रहमा संचालक उत्तम चौलागाईले एक हप्ता भित्र समस्या समाधान गर्ने बचन दिएको सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीका वडाअध्यक्ष मिङमार तामाङले जानकारी दिए । समयमै समस्या समाधान नगरिए कारबाहीको प्रत्रिmिया अघि बढाईने प्रमुख जिल्ला अधिकारी रानाले बताए । अघिल्लो बर्ष देखि समता स्कुल संचालनमा ल्याईएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…