तेस्रो मादी नगर कपको उपाधी झापालाई

संखुवासभा / तेस्रो मादी नगर आमन्त्रित रनिङ कप पुरुष फुटबल प्रतियोगिताको उपाधी आदर्श फुटबल क्लव झापाले चुमेको छ । झापाले पञ्चायन क्लव सुनसरीलाई ४–१ ले पराजित गरेको हो । शनिबार दुई समूहबीच भएको खेल प्रतिकुल मौसमका कारण हाफ टाइमपछि प्रभावित भएको थियो । उक्त समयमा दुवै टिमले १÷१ गोल गरेको थियो । जितसंगै झापाले १ लाख १० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै जलजले क्लव ताप्लेजुङले रियल लसुने क्लव तेह्रथुमलाई ३–१ ले पराजित गर्दै उपविजेता बनेको छ । उपविजेता बनेको ताप्लेजुङले ७५ हजार साथमा कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । सर्वोत्कृष्ट खेलाडी ताप्लेजुङका मणिराज लिम्बु घोषित भएका छन् भने ताप्लेजुङ कै कृश राई सर्वोत्कृष्ट मिटफिल्डर घोषित भएका छन् । उत्कृष्ट गोलरक्षकको उपाधी झापाका राजकुमार लिम्बुले जितेका छन् भने उत्कृष्ट डिफेन्डर झापा कै सनम राई भएका छन् । यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट स्पाइकरको उपाधी झापाका सरोज कार्कीले जितेका छन् ।

मादी नगरको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ माघ २३ गते प्रतियोगिता सुरु गरिएको थियो । मादी नगरपालिकाको प्रायोजन तथा हाङथुम क्लव मुलखर्कको आयोजनामा भएको प्रतियोगितामा संखुवासभाका चार टिम सहित विभिन्न जिल्लाका १० टिमको सहभागीता रहेको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…