किन्डर पिलरका स-साना बालकालिकाहरूले यसरी मनाए सरस्वती पूजा (तस्विरहरू सहित)

इटहरी / किन्डर पिलर आइवी लिग किड्स इटहरी तथा बिराटनगरका स-साना बालकालिकाहरूले धुमधामका साथ सरस्वतीको पूजा मनाएका छन् । सुनसरीको इटहरीमा ३ वर्ष अघि र स्थापना भएर संचालनमा रहेकाे र गत वर्षबाट विराटनगरको बरगाछीमा संचालन रहेकाे ‘किन्डर पिलर आइवी लिग किड्स’ मन्टेश्वरी स्कुलका स-साना बालकालिकाहरूले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सरस्वती पुजा मनाएका हुन् ।

याे बर्षकाे वसन्त पञ्चमी तथा सरस्वती पुजाकाे शुभअवसरमा विद्यार्थी तथा अभिभावक सबैकाे सहभागितामा विधालयमाभव्य रुपमा विधाकी देवीकाे पुजा पाठ अाराधना र प्रसाद ग्रहण गरेर हर्षाेल्लासका साथमा सरस्वती पुजा मनाईएकाे प्रि स्कुलका डाईरेक्टर श्रुति शर्माले बताइन् । साथै उनले नयाँ भर्नाकालागी अभिभावकहरूकाे उलेख्य उपस्थिती समेत रहेकाे बताइन् ।

किन्डर पिलरले अमेरिकन फर्मेटलाई आत्मसाथ गर्दै वालवालिाकालाई सिकाउने काम गर्दै आएको छ । विद्यालयले अहिले प्ले गु्प देखी २ कक्षा सम्म सञ्चालन गर्दै आएको छ । नर्थ वेष्ट युनिभर्सि्टिका प्रोफेसर Ellen booth church ले गर्नुभएको कोर्ष डिजाइनका आधारमा सिकाई गराइने गरिएको शर्मा बताउँछिन् । ‘बालबालिकालाई अन्तर्रा्ष्ट्रिय स्तरको शिक्षा दिलाउने उद्देश्यसहित हामीले प्रयोगात्मक कोर्षलाई प्रयोगमा ल्याएका छौं । प्रिन्सिपल शर्माले भनिन, ‘त्यसमा स्थानीय संस्कृति, परम्परा, पहिचान र नैतिकता विषयहरुलाई हामी विशेष प्राथमिकताका साथ सिकाउँछौं ।’

विद्यालयको खुल्ला वातावरण, टोय पार्क, शान्त र सुन्दर वातावरण, विद्यालयमा खेल्ने र सिक्ने असल वातावरण पाएपछि त्यहाँ जाने हरेक वालवालिकाहरु बिदाको दिन घरमा बिताउनु भन्दा पनि विद्यालयनै जान जोड गर्ने गरेको अभिभावकहरु बताउँछन् । बिदाको दिन पनि विद्यालयले विविध गतिविधि गरेर विद्यार्थीहरुलाई नयाँ नयाँ कुरा सिकाइरहेको हुन्छ । शर्मा भन्छिन् ‘हामी कुन ठाउँमा कस्तो व्यवहार गर्ने, रेष्टुरेन्टमा कसरी खाने, कसरी सत्कार गर्ने, प्रहरीसंग कस्तो व्यवहार गर्ने, वृद्धवृद्धालाई सम्मान गर्न सिकाउने आदि विविध गतिविधिमा वालवालिकाहरुलाई प्रत्यक्ष संलग्न गराउँछन् जस्ले उनीहरुलाई पढाएर हुने ज्ञान भन्दा धेरै व्यवहारिक ज्ञान प्राप्त हुन्छ ।’

विद्यालयले एउटा कक्षामा २० जना भन्दा बढी वालवालिका समावेश गर्दैन भने अहिले चार वटा कक्षा संचालनमा ल्याएको छ । वालवालिकाको सुरक्षा सबै भन्दा महत्वपूर्ण हुने भएकोले त्यसबाट जोगाउन विद्यालयमा सुरक्षाका विविध उपायहरु अपनाएको र वास्तविक मन्टेश्वरीको अभ्यास गरिरहेको शर्मा बताउँछिन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया