धरान / आजबाट शुरु भएको धरानको २१ औ बुढासुब्बा गोल्डकपको पहिला खेल निष्कर्ष विहीन बन्दै सकिएको छ । धरान १६ रंगशालामा आयोजित प्रतियोगितामा सिएमजी संकटा क्लब र मेची नेत्रालय झापाबीच भएको प्रतियोगिता विना निणायक सकिएको हो । माघ २६ गतेबाट शुरु हुनुपर्ने गोल्डकप मौसमका कारण खेल रद्द गर्दै आइतबारलाई सारिएपनि आइतबार सेमेत खेल निर्णय विना नै सकिएको हो ।
अत्यन्तै प्रतिष्पधात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट २/२ गोलमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो । टाइबेकरमा समत दुवै टिमबाट बराबरीमा गएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा समेत दुवै टिमले बराबरी गोल गरेपछि अध्यारोका कारण थप खेल अगाडि बढाउन नसक्दा विना निर्णय खेल सकिएको हो । प्रतियोगिता शुरु भएका १० मिनेटमा मेची नेत्रालयका कर्ण लिम्बु्ले आफ्नो टिमलाई खाता खोलेका थिए । त्यसपछि पूर्वाद्र्धमा कुनै गोल हुन सकेन ।
दोस्रो हाफ हुरु भएको १४ मिनेटमा अर्थात खेलको ५९ मिनेटमा शंकाटाकातर्फबाट जय गुरुङले गर्दै खेल बराबरीमा पु¥याए । गोल गरेपछि हौसएका संकटा ७ मिनेटपछि ६७ मिनेटमा विकास राईले थप एक गोल गर्दै मेची एक गोलले अगाडि रहयो । जितको नजिक पुगिसकेको मेची नेत्रालय खेलको इन्जुरी समयमा संकटाका दिवस आलले १ गोल गर्दै खेल बराबरीमा पुगेपछि भने स्तब्ध बन्यो ।
त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल ट्राइबकरमा धकलियो ,। ट्राइबेकरमा दुवै टिमबाट ४÷४ गोल भएपछि खेल सडन डेथमा धकेलियो । सडेन डेथमा समेत ३÷३ गोल बराबरी भएपछि अध्यरोका कारण खेल रोकिएको हो । भोलि ८ बजे विहान टाइबेकरबाट खेलको निर्णय गरिने आयोजक धरान फुटबल क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गर्नुभएको थियो । सोमबारका दोस्रो प्रतियोगिता विभागीय नेपाल प्रहरी र सहारा क्लब झापाबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टमले नगद ८ लाख र उपविजेताले ५ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।