सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

तेह्रथुम / हिउँदमा धुलाम्य भएको कच्ची सडकमा सिमसिम पानी पर्दा नै सवारी साधान चल्न मुस्किल छ । जिल्लाका ग्रामिण सडमकहरुमा चल्ने गरेका सवारी साधनहरुको समस्या यो नौलो भने होइन । गाउँ गाउँमा पुर्याएका सडकहरुमा चल्दै आएका सवारी साधान बर्षाद सुरु नहुँदै समस्याले छुन थालेको छ । जिल्लाको ६ वटा स्थानीय तहहरुको गाउँ गाउँमा गाडी पुगेपनी यहाँका स्थानीयबासीहरुको समस्या हट्न सकेको छैन ।

घरमै पुगेको सडकमा गुड्ने यात्रु बाहक गाडीको सुबिधा अझै भरपर्दाे बन्न सकेको छैन । यहाँका नागरिकहरु बिरामी हुँदा स्वास्थ्य केन्द्रका साथै अस्पताल सम्म पुग्न अझै पैदल तथा डोली,डोको र स्टेचरमा बोकेर पुर्याउनु पर्ने अबश्था जिउँका तिउँ नै रहेको छथर २ का गजेन्द्र बिकले बताए । बुहारीलाई प्रसुतीका लागी स्वास्थ्य केन्द्रमा लैजान गाडीका चढाए पनी सिमसिम पानीका कारण सडकमा पानी जमेका कारण गुड्न नसक्दा स्टेचरकै साहारा पर्नु परेको उनले बताए ।

हिउँदयाममा गुड्ने गाउँका कच्ची सडकमा बर्षाद सुरु भएपछी प्राय सबैजसो सडकमा यात्रु बाहक गाडी गुड्दैनन । यसरुी यात्रु बाहक गाडी नगुड्दा यहाँका स्थानीयबासीका साथै आगन्तुकहरु अझै घण्टौ हिडेर यात्रु गर्नू पर्ने बाध्यता रहँदै आएको छ । स्थानीय निर्बाचन भएको दुईबर्ष पुग्यो गाउँको समस्या उस्तै छ । जनप्रतिनिधीहरु महंगा गाडी सेवा लिने होड भएपनी जनताको समस्यामा ध्यान नदिएको नागरिकहरुको गुनासो रहेको छ । गाउँ सम्म पुग्ने गरेका यात्रु बाहाक गाडी आकाशमा बादल लाग्यो की चालक र गाडी मालिकलाई तनाब सुरु हुने गरेको बताउँछन ।

गाउँ गाउँमा पुुग्ने गरेका सावरी साधान भरपर्दाे हुन नसक्दा किसानहरुले उत्पादन गरेको कृषीजन्य सामाग्री बजार सम्म पुर्याउन समस्या हुने गरेको आठराईका अमृत बास्तोलाले बताए । जिल्ला सदरमुकाम जोडिनृ मुख्य सडक बसन्तपुर म्याङलुङमै सवारी साधान चल्न मुूस्किल बन्ने गरेको छ । गाउँ गाउँमा सडकहरुको ट्याक खोल्ने होड नै चलेको छ । निमार्ण भएका सडकहरुलाई निरन्तर सञ्चालनका लागी सरोकारवाला बर्गको खासै ध्यान नपुगेको स्थानीयहरुले बताउने गरेका छन ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

बर्षादले किसानलाई पुग्याे राहत

गाउँमा गाडी पुग्यो, समस्या भने जस्ताकाे तस्तै

तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

दाँत उपहार पाएपछी हर्षित धनश्याम

तेह्रथुममा पनी कर्मचारीले कालोपट्टी बाँधी गरे कलम बन्द

लगानी गुमाउँदै चिया किसान

तपाईको प्रतिक्रिया