न्यूरो हेल्थ कलेजमा यसरी मनाइयाे सरस्वती पूजा

बिराटनगर / माघ शुक्लपंचमी अर्थात् श्रीपंचमी विद्याकी देवी सरस्वतीको पुजाआराधाना गरी न्यूरो हेल्थ कलेजमा आइतबार भव्य रुपमा सरस्वती पुजा मनाईएको छ । न्यूरो कलेजका बिद्यार्थीले एक समारोहकावीच आफनै कलेजको प्राङगणमा भब्यतापुर्वक सरस्वती पुजा मनाए ।

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालका अध्यक्ष डा. बिरेन्द्र कुमार बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममाविद्यार्थी , शिक्षकशिक्ष्ीाकालगायतका सहभागिता रहेको थियो । पुजामा करिब २०० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बिद्यार्थीहरुले भजन तथा गित प्रस्तुत गरे । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्तपञ्चमी’पनि भन्ने गरिन्छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया