पाँच वर्षे छोरीले चकचक गरेर टिभी हेर्न दिइनन्, आमाले मैनबत्तीले २० ठाउँमा पोलिदिइन्


भनिन्छ आमा बुवाले सन्तानलाई कहिले क्षती पुर्याउन सक्दैनन् । बच्चाहरुको आमा–बुवासँग भावनात्मक सम्बन्ध हुने पनि बताइन्छ । तर सबैमा यो लागू नहुने घटना सार्वजनिक भएको छ ।

भारतको जयपुरस्थित एउटी आमाले आफ्नी पाँच वर्षे छोरीलाई मैनबत्तीले पोलिदिएकी छिन् । भारतीय मिडियामा सार्वजनिक भएको खबर अनुसार बालिकाले चकचक गरेर आमालाई टिभी हेर्न दिइरहेकी थिइनन् । आमालाई जब सिरियल हेर्न छोरीका कारण पटक–पटक समस्या भयो तब उनले छोरीलाई मैनबत्तीले २० ठाउँमा पोलिदिइन् ।

आमाको यो काममा उनकी काकी रिन्कीले पनि सहयोग गरिरहेको बताइन्छ । बालिकाका पिताले पुलिसलाई यसबारे जानकारी दिएपछि उनीहरुलाई पक्राउ गरिएको छ ।
पुलिसका अनुसार तरकारी बेच्ने घनश्याम यादव बेलुका घर आएपछि उनकी छोरीको पिठ्युँ र गर्धनमा घाउ देखे । जब पोलेको दाग देखेपछि पिताले छोरीलाई सोधे तब उनले आमा र काकीले मैनबत्तीले पोलिदिएको बताएपछि उनले पुलिसलाई यसको उजुरी दिएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…