टिपरको ठक्करबाट पुरुषको मृत्युभएपछि तनाबग्रस्त विराटनगर (१३ तस्विरहरू )

माेरङ / विराटनगर महानगरपालिका–२ बरगाछीमा टिपरको ठक्करबाट आइतबार विहान एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । तीव्र गतिमा पूर्वबाट बरगाछी चोकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक अन्दाजी ४५ / ५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिंदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले बताए । प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ ।

टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । एक साता अघी सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकालकाे मृत्यू भएपछी ७ अाेटा टिपर जलाइनुका साथै अान्दाेलन समेत भएकाेकाे थियाे ।

याे पनि पढ्नुहाेस्

आक्रोशित स्थानीयले जलाए ७ वटा ट्रिपर, रणभुमि बन्यो बिराटचौक (३२ तस्विरहरू)

Purbeli TV

तपाईको प्रतिक्रिया