पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

तेह्रथुम / पुर्बी पहाडको लेकाली क्षेत्रमा बाक्लो हिमपात भए सँगै जनजीवन कष्टकर बनेको छ । बर्षा सँगै हिमपात भएपछी लेकाली क्षेत्रको जनजीवन कष्टकर बनेको हो । छिपिन्दो जाडो सँगै शनिबार दिउँसो परेको हिमपातले जनजीवन कष्टकर बनेको चैनपुर नगरपालिका नुनढाकी गुफा बजारका सन्तोष लिम्बुले बताए । करिब १ फुट बाक्लो परेको हिउँका कारण यहाँका स्थानीयहरुलाई दैनिक काम गर्न समेत समस्या बनेको छ ।

तेह्रथुम, संखुवासभा, धनकुटा र ताप्लेजुङ जिल्लाको लेकाली क्षेत्रमा हिउँ पर्दा नागरिकहरुको जनजीवन कष्टकर बनेको छ । हिउँका कारण यहाँका स्थानीयहरुलाई घाँस दाउरा मेलापर्म तथा घरयासी काम गर्न समेत जाडोले समस्या बनेको छ । पशुचौपयाहरु चरनमा लैजान ल्याउन समेत समस्या बनेको छ । यस बर्ष पानी हिउँ परेको कारण यहाँका स्थानीय तथा बाह्रीय नागरिक हिउँ सँगै खेल्न हौसिएका छन । हिउँ पर्ने स्थानको रुपमा परिचित बन्दै आएको पुर्बी पहाडी जिल्लाको टिएमजे एक सफल पर्यटकीय गन्तब्य हो । जलबायु परिवर्तका कारण हिउँ पर्ने सिजनमा केहीबर्ष देखी तुसारो मात्रै पर्दै आएको बसन्तपुर बजारका रवीकिरण मादेनले बताए ।

पूर्बी तराईबाट हिउँ खेल्न बर्षेनी यस क्षेत्रका पर्यटकहरु भित्रीए पनी तुसारो हेरेरै फन्किदै आएका थिए । पुर्बी पहाडको पर्यटकीय गन्तब्य तिनजुरे,मिल्के र जलजले क्षेत्रका साथै लेकाली क्षेत्रमा हिमपात भएकाले जनजीवन प्रभावित बने पनी यहाँका आन्तरिक पर्यटकहरु हिउँ खेल्न हौसिएका छन । हिउँ सँगै हल्का परेको पानीका कारण किसानहरुले लगाएको तरकारीबालीमा राहात मिलेको छ । किसानहरुले लगाएको तरकारीबाली सिचाँई अभाबका कारण खडेरीले सुख्खा भएको भेगमा समेत राहात बनेको किसानहरुले बताएका छन । चित्रेडाँडा,तिनजुरे,मेन्छ्यायेम डाडा, गुफा बजार,मिल्के,जलजले लगायतको क्षेत्रका हिउँले डाकेर सेताम्मै बनेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

खड्ग जोगीलाई नेपाल फर्काउन पहल सुरु

बाख्रापालनमा रमाउँदै लोकबहादुर

तेह्रथुमका आगलागी हुँदा एक बच्चाको मृत्यू

सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

बर्षादले किसानलाई पुग्याे राहत

गाउँमा गाडी पुग्यो, समस्या भने जस्ताकाे तस्तै

तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

तपाईको प्रतिक्रिया