समाजसेवा र शिक्षा क्षेत्रमा म सेल्फी खिच्न मात्र आएको हैन : रीता भुसाल (आचार्य)

रीता भुसाल (आचार्य) | शिक्षासेवी तथा समाजसेवी

रीता आचार्य भुसाल लामो समयदेखि शिक्षा क्षेत्र तथा समाजसेवामा क्रियाशिल रहेकी छिन । सुनसरीको इटहरीस्थित तरहरामा बिगत आठ बर्षदेखि हयाप्पी किड्स होमको प्रिन्सिपलका रुपमा क्रियाशिल उनी लायन्स क्लब र तरहरा जेसिजमा समेत आबद्ध छिन ।

मोरङको लेटाङमा जन्मिएर त्यहिबाट माध्यमिक तहको शिक्षा र पछि बिराटनगरमा अध्यायन गरेकी उनी ईटहरीका शिक्षासेवी तथा समाजसेवी सुनिल भुषाल सँग बैवाहिक बन्धनमा बाँधिएपछि परिवार सहित केही समय बिदेश बसेर ८ बर्षअघि नेपाल फर्किएर शिक्षा क्षेत्रमा केही योगदान गर्ने उद्धेश्यका साथ प्रि स्कुल सञ्चालन गरी शिक्षा क्षेत्रमा प्रबेश गरेकी हुन ।

आफु सानै छँदा शिक्षाको महत्व बुझेकी र शिक्षित परिवारमा जन्मिएकी उनी सानै देखि शिक्षा क्षेत्रमा काम गर्ने सोच रहेको बताउँछिन । समाजसेवा सेल्फी खिच्नका लागी भन्दा पनि समाजको हितका लागी गरेको उनको बुझाई छ । पछिल्लो समय शिक्षा र समाजसेवामा क्रियाशिल उनी बिभिन्न संघसंस्था लगायत सामाजिक कार्यमा समेत सक्रिय छिन । उनी सँग शिक्षा तथा समाजसेवाका बारेमा गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया