वर्षाका कारण खेल दश ओभरमा झारियो

काठमाडौँ/ घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अन्तिम तथा तेस्रो टी–२० खेल १० ओभरमा झारिएको छ । वर्षा भएपछि निर्धारित समयमा खेल हुन नसकेपछि खेल १० ओभरमा झारिएको हो । १० ओभरको खेलमा नेपालले टस हारेर ब्याटिङ शुरु गरेको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ शुरु गरेको हो । वर्षा र हावाहुरीले गर्दा नेपाल र युएईबीचको खेल ढिला शुरु हुन लागेको हो ।

नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी–२० सिरिज १–१ को बराबरी अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी(ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २(१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो । नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलिसकेको छ तर, सिरिज जित्न सकेको छैन । त्यसैले नेपाललाई युएईमा ऐतिहासिक टी–२० जित्ने पहिलो अवसर छ ।

तपाईको प्रतिक्रिया

Loading…