नेपाल टेलिकमको २६ प्रतिशत सेयर सर्वसाधारणमा लैजाने सरकारको तयारी

काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर संरचना परिवर्तनको तयारी गरेको छ। सवर्साधारण सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने सरकारको योजना छ। सरकारसँग हाल कायम रहेको ९२ प्रतिशत स्वामित्वबाट २६ प्रतिशत सर्वसाधारणमा लैजाने तयारी सरकारले गरेको हो।

टेलिकममा हाल सरकारको ९१.८९ प्रतिशत, कर्मचारीको ४.५ प्रतिशत, सर्वसाधारणको ३.९ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर छ। हाल टेलिकमको भ्वाइस ग्राहक २ करोड १० लाख पुगेका छन्। त्यस्तै डेटा ग्राहक ७६ लाख पुगेको छ। बजार हिस्सा ३५ प्रतिशत ओगटेको टेलिकमको चुक्ता पुँजी १५ अर्ब छ। आजको कारोबार दैनिकमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…