विश्व सिमसार दिवस : सिमसार क्षेत्रमै पानी अभाव

इनरुवा । जलवायु परिवर्तनका कारण सिमसार क्षेत्रमै पानीको अभाव भएको सरोकारवालाहरुले बताएका छन् । विश्व सिमसार दिवसको अवसरमा शनिबार कोशी टप्पु वन्यजन्तु आरक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले सो कुरा बताएका हुन । सुनसरी,सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ किलोमीटर क्षेत्रफल भित्र अवस्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष भित्र समेत जनावरहरुले पिउने पानीको समस्या भएको मधुवन मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद चौलागाईंले बताएका छन् । जलवायु परिवर्तनका कारण सिमसार सुकेको बताउदै चौलागाईंले जनावर लाई पिउने पानी अभाव हुँदा कोशी टप्पुले पोखरी खन्नु परेको बताए ।

कार्यक्रममा बोल्दै कुशाहा लौकही उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले दिनप्रतिदिन सिमसार सुख्दै गएकोले प्रचारप्रसार गरेर सिमसार जोगाउन सबैमा आग्रह गरे । सिमसार दिवसमा उल्लेखनीय सहभागिता नहुनु कमजोरी भएको स्विकार्दै सिंहले सबैले हातेमालो गरेर सिमसार संरक्षणमा लाग्न अपिल गरेका थिए ।
वर्षभरी कोठामा एउटा कार्यक्रम आयोजना गरेर सिमसार संरक्षण नहुने बताउदै कोशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुसाहा मध्यवर्ती व्यवस्थापन समितिकी पूर्व अध्यक्ष रेणु शाहले सिमसार जोगाउन व्यापक जनसहभागितामा कार्यक्रम आयोजना गरेर यसको महत्त्वको बारेमा जानकारी गराउनुपर्नेमा जोड दिएकी थिइन् ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक संरक्षण अधिकृत गणेश प्रसाद तिवारी, श्रीपुर हरिपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दयाशंकर झा लगायत २ दर्जन बढीको सहभागितामा फेब्रुअरी २ मा आयोजित विश्व सिमसार दिवस कार्यक्रम सम्पन्न भएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…