टिपरको आन्दोलनले कोसी राजमार्ग अवरुद्ध, अघि बढ्दै गरेका टिपरलाई रोक्न खोज्दा स्थिती तनावपूर्ण (७ तस्विरहरूं)

माेरङ / टिपर व्यवसायी संघले आब्हान गरेको टिपर ¥यालीलाई प्रहरीले रोक्न खोजेपछि कोसी राजमार्ग अन्तर्गत मोरङको विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सीमानामा रहेको ढाट क्षेत्र अहिले तनावग्रस्त बनेको छ । पूर्वाञ्चल टिपर व्यवसायी संघको आब्हानमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकबाट विराटनगरसम्म टिपर ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तीन सय बढी टिपर सहभागी छन् । ¥याली ढाटमा आइपुगेपछि प्रहरीले विराटनगर महानगरपालिकातिर अगाडि बढ्न नदिएको हो । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोसी राजमार्ग अवरुद्ध बनेको छ ।

आन्दोलनरत व्यवसायीले आयोजना गरेको टिपर ¥यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिती असामान्य बन्दै गएको छ । ¥याली साढे १२ बजे ढाटमा आइपुगेको थियो । विराटनगरको रोडशेष चौक सम्म पुग्ने योजनासहित निकालिएको ¥यालीलाई प्रहरीले अघि बढ्न दिएको छैन । अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिती उत्पन्न भएको छ । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नारावाजी गरिरहेका छन् । राजमार्गमा टिपर तेस्र्याएर चालकले आन्दोलन सुरु गरेपछि अहिले कोसी राजमार्ग अवरुद्ध बनेको छ । ¥यालीमा सहभागी टिपरले छ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको हो । उक्त राजमार्गमा अहिले कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । परिचालन गरिएकामा सशस्त्र प्रहरीको संख्या अधिक छ ।

गत सोमबार सोमबार विहान मोरङको सुन्दरपुरहरैंचा –९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोसमा सडकमा उत्रिएका स्थानीयले सातवटा टिपरमाथि आगजनी गरेको घटनाको विरुद्धमा टिपर व्यवसायी चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । आन्दोलन अन्तर्गत टिपर व्यवसायीले शुक्रबार खोर्सानेबाट विराटनगरको रोडशेष चौकसम्म टिपर ¥यालीको आयोजना गरेका हुन् ।

तर प्रहरीले रोकेपछि ¥यालीले विराटनगर महानगरपालिका प्रवेष गर्न पाएन । टिपर व्यवसायीकातर्फबाट गठन गरिएको संघर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको बताए । उनले निर्वाध रुपमा सडक कुद्न पाउनु पर्ने, सुन्दरहरैंचामा जलाइएका टिपरका व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनु पर्ने, टिपर जलाउनको पहिचान गरेर कारवाही गर्नु पर्ने लगायतका माग राखेर आफूहरु आन्दोलित बनेको जानकारी दिए । सिंहले आगजनीका कारण टिपर व्यवसायीले करोडौंको नोक्सानी बेहोर्नु पर्दा पनि राज्य मुकदर्शक बनेको बताए । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

गत सोमबार सुन्दरहरैंचामा भएको घटनाले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले करिव १० घण्टा निशेधाज्ञा नै जारी गरेको थियो । घटनाको विरोधमा उत्रिएका स्थानीय बालिकाको शव दिनभरी सडकमा राखेर प्रदर्शन गर्नुका साथै सातवटा टिपरमा आगजनी गरेका थिए ।

मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले एकै पटक ठूलो संख्यामा टिपरलाई विराटनगर बजार प्रवेष गर्न दिंदा स्थिती खराव हुने भएपछि टिपर ¥यालीलाई बीचमै रोकिएको जानकारी दिए । उनले आन्दोलनमा रहेका टिपरका चालक र व्यवसायीलाई सम्झाईबुझाई गर्ने काम भइरहेको जानकारी दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…