तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

तेह्रथुम / आजको आवश्यकता भनेको नै मातृभाषालाई प्राथमिकता रहेको तेह्रथुमको म्याङलुङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर शाखा द्धारा मंगलबार आयोजित श्रीजंगा लिपी संरक्षण कार्यक्रमका सहभागीले घरमा बोलिने भाषा , पहिलो भाषा भएको भन्दै यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अथिती म्याङलुङ १ का वडाध्यक्ष ईन्द्र तुम्बाहाङफेले आफ्नो भनाई राख्दै आफ्नो अश्तित्व संग जोडिएको श्रीजंगा लिपी सम्बन्धी पुृर्ण रुपमा ज्ञान लिनुपर्ने सुझाव राख्नुभयो । स्थानिय सरकार भनेको जनताको सरकार भएकाले बिभिन्न जातजातीको भाषा ,लिपी र सस्कार सस्कृती बचाउनु उस्को कर्तव्य रहेको अध्यक्ष तुम्बाहाङफेले स्प्रस्ट पार्नुभयो । त्यस्का लागी सबैै स्थानिय तहले उत्तिकै भुमिका निर्वाह गर्न आवश्यक रहेको उहाको तर्क थियो । म्याङलुङ नगरपालिका एक नम्बर वडाबासी ५० जना सहभागी कार्यक्रममा श्रीजंगा लिपीका श्रोतव्यक्ति दिलकुमारी आङबुङ र राजकुमार तेयुङ तरेबाले सहजिकरण गरिरहनुभएको छ ।

दुईदिन सम्म सञ्चालन हुने कार्यक्रममा किरात श्रीजंगा लिपीको स्वर वर्ण , व्यञ्जन वर्ण , ब्याकरण , शब्दार्थ , गणितिय संख्या लगायतका बिषयवस्तुमा प्रशिक्षण भईहेको किरात याक्थुङ चुम्लुङ म्याङलुङ नगर शाखाका अध्यक्ष टीआर सेनेहाङले जानकारी दिनुभयो । म्याङलुङ नगरपालिका वडा नं. १ को कार्यलयको सहयोगमा आयोजित कार्यक्रमको खुल्लासत्र किरात याक्थुङ चुम्लुङका केन्द्रिय पार्षद सदस्य कृष्णमान तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

खड्ग जोगीलाई नेपाल फर्काउन पहल सुरु

बाख्रापालनमा रमाउँदै लोकबहादुर

तेह्रथुमका आगलागी हुँदा एक बच्चाको मृत्यू

सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

बर्षादले किसानलाई पुग्याे राहत

गाउँमा गाडी पुग्यो, समस्या भने जस्ताकाे तस्तै

तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

तपाईको प्रतिक्रिया