मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति गठन

बेलबारी । पछिल्लो समय मोरङमा पर्यटकीय सम्भावना बोकेका र चर्चामा आएका सामुदायिक बन तथा सिमसारका प्रतिनिधहरुको बैठकले “मोरङ सिमसार प्रर्बद्धन तथा संरक्षण समिति” तर्दथ समिति निर्माण गरेको छ । बेलबारी स्थित बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको सभाहलमा मंगलबार डिभिजन बन कार्यलयका प्रतिनिधि समेत सहभागी बैठकले बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेतको अध्यक्षमा १९ सदस्यीय तर्दथ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा हसिना सिमसार सुन्दरहरैचाका कबिराज राई,मावा नुनसरी सामुदायिक बनका दिपेन्द्र थापा,सचिबमा शान्ति सामुदायिक बनका कुलबहादुर गुरुङ,सह सचिबमा ग्रामिण सुधार सामुदायिक बनका सुनिता तामाङ,कोषाध्यक्षमा अमना सिसोली बेलबारीका शर्मिला मगर लगायत चयन भएका छन । पर्यटकीय सम्भावना भएका ती क्षेत्रहरुमा थप पर्यटकीय सम्भावनाको अध्यायन गरी ती क्षेत्रहरुको थप बिकास र सम्बद्र्धनमा काम गर्ने उद्धेश्यका साथ समिति गठन गरिएको अध्यक्ष बस्नेतले बताएका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया