विराटनगरमा विजसंसार डटकमकाे औपचारिक शुभारम्भ, अब घर बसीबसी सामान किन्न सकिने

माेरङ / पछिल्लो समय प्रबिधिको बिकासक्रम सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन शैली बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान नै सावित भएको छ । यसै क्रममा प्रदेश नम्बर १ मा पहिलो र एकमात्र बिज संसार डटकमले औपचारिक शुभारम्भ गरेको छ ।

विराटनगरमा मुख्य कार्यालय रहेकाे बिजसंसार डटकमकाे अनलाइन सपिङ्गकाे आईतबार एक कार्यक्रमविच उक्त साईटको विराटनगरका मेयर भिम पराजुलीले उक्त साइटको लञ्च गरेका थिए । बिजसंसार डटकमका प्रबन्ध निर्देशक सन्दिप तामाङका अनुसार अब बिराटनगर लगायत प्रदेश नं. १ का सर्वसाधारणलाई घर बसीबसी अनलाइन सपिङ्ग गर्न साहयता पुग्ने बताए ।

उनले अब ग्रहकहरूले घरमै बसेर विभिन्न सामानहरू अर्डर गर्न सक्ने रअनलाइन पेमेन्ट तथा क्यास अन डेलीभरी दुवै माध्यबाट काराेबार गर्ने गरिएको बताएका छन् । साथै कार्यक्रममा विजसंसारको ब्रान्ड एमबासिडर म्यान हन्ट इन्टरनेशनल तथा युवा अभियानता साजिद आलम रहेको घोषणा गरिएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…