तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकाको केन्द्र बसन्तपुर बजारमा आगलागी भएको छ । आगलागीबाट एक घर जलेर नष्ट भएको छ, भने दुई वटा घरमा आंशिक क्षति पुगेको छ । बिहिवार दिउँसो भएको आगलागीबाट स्थानीय लालबहादुर याख्खाकाे घर पुर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि नजिकै रहेको घर भत्काउदा मीना कुमारी गुरूङ र रेनुका खड्का घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट १ करोड ५० लाख रूपौयाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागी नियन्त्रणको क्रममा मुनादेवी गुरूङ र गाेपाल गुरुङ घाइते भएका छन् । घाइतेको बसन्तपुरमा उपचार हुंदै छ । याख्खाको घरमा किराना पसल गर्ने स्थानीय छितन साहको पसल बेच्न राखिएको पेट्रोलबाट आगलगाी सुरु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । नगरपालिकाको दम्कलबाट आगलागीको नियन्त्रण प्रयास भईरहेको घटना स्थलबाट बासु बरालले बताउनु भयो । आगलागीबाट हाल सम्म दुई घरमा क्षति पुगेको छ ।

आगलागीबाट भएको क्षति र आगलागीको कारण आउन बाँकी छ । लालिगुरास नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको थियोे ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…