हामी भालुको पित्त खुवाएर भोटे कुकुर पाल्ने …..???

साँच्चै नै देशको विकास गर्ने हो भने सबैले व्यैक्तिक स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थलाई सर्वोपरि ठान्नु पर्दछ।आफ्नो हक र अधिकारप्रति सबैले चनाखो र सजग त रहनुपर्छ तर अरुको हक र अधिकार हनन् गरि कसैले कसैलाई अन्याय गर्नभने पाइदैन।

नेपालका पार्टीहरु सरकारमा हुँदा एउटाकुरा गर्ने अनि सरकारबाट बाहिरिदा अर्कोकुरा गर्ने जस्तो दोधारे प्रवृत्तिले हाम्रो नेपाल राम्रो नेपाल भएन।राजनैतिक लाभका लागि सानोतिनो कुराको च्याखेथापेर पार्टीपार्टीबीच सत्ताखेलको जुवारीमात्र धेरै खेलियो।अझै खेल्नपनि सकिन्छ।तर्कका लागि तर्क गर्नपनि सकिन्छ तर तर्क र बहसबिच अन्तर भएको मुख्य कुरो बुझ्दैनौँ अनि त्यो प्रवृत्तिले देश कहाँ पुग्यो??यो प्रश्नको जवाफदेहिता को हो ? कुन पार्टी हो ?? कुन नेता हो ??

“सगैका साथी हवाजहाजमाथि मै भैंसी गोठालो” भन्ने यो गीतको बोल नेपाली राजनीतिमा चरितार्थ भएको छ।बि सं २००७मा १०४ वर्षे जहानिया राणाशासन अन्त्यको तिथिमिति आसपासमै छिमेकी देशहरू स्वतन्त्र भएका हुन्।अझै दक्षिण अफ्रिकाको रङ्गभेदी शासनको अन्त्यत त झन नेपालमा एकदलीय पञ्चायती व्यवस्था अन्त्यको तिथिमिति आसपासमै भएको हो।तथापि ती देशहरूले देशको आर्थिक, सामाजिक,शैक्षिक र राजनैतिक गरि आफ्नो देशको चौतर्फी विकासमा कति फड्को मारिसके?यो कुराको किन ख्याल गर्दैनौ हामी,?

लक्ष्मीप्रसाद कोइराला

बरु हामी आफ्नो घरमा आगो लगाएर विदेशीको दमकल बोलाउने भयौं ।हामी भालुको पित्त खुवाएर भोटे कुकुर पाल्ने भयौं।चौरीको दूधबाट छुर्पी बनाउँदैनौँ बरु त्यसको पुच्छर काटेर चम्मर हल्लाउने भयौं।कुकाठ या श्रीखण्ड के हो चिनेनौ।चिन्नैपर्ने भयो भनेपनि तस्करको गोदाममा पुग्छौं।चिया दोकानमा बसेर भलिभाती तर्क गर्छौ बहस गर्दैनौॅ अनि तर्क र बहसको अन्तर बुझ्दैनौँ।अनि आन्दोलन गर्ने भन्छौ।खाली आन्दोलन।खाली आन्दोलन।

कुकुरजस्तो जनावरलाई त चन्द्रमा पुर्याएर सु गराउने पश्चिमा देशहरू त विकशित थिए थिए सिमाना जोडिएका छिमेकी देशहरूले पनि पछिल्लो समयमा आएर विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव स्थापित गरिसकेका छन्।उनीहरुका उद्योग कलकारखानाबाट उत्पादित वस्तुले नेपालमामात्र होइन विश्वबजारमा दादागिरी देखाइ रहेको छ।हामी चाहिँ चारपुस्ते आन्दोलनका हुङ्कार कति छाटी रहने??

“एउटा वनलाई सुगन्धित् तुल्याउने हो भने एउटै श्रीखण्डको बोट काफी हुन्छ साथी हो!”छातिमा हात राखेर मनन गर्नुहोस्।ढिलो भइसकेको छ।अबपनि आरोप प्रत्यारोपको खेलमा कसैले फेरि बहकि हाल्ने यो बेलापनि होइन।सबैमिलेर सार्थक बहस गर्दै समस्याको निकास र देशको चौतर्फी विकासमा लाग्नुपर्छ।त्यसो गरेमा नै देश र नेपाली समाजको हितमा हुन्छ।

जुनसुकै पार्टीको जोसुकै भएतापनि देश र समाजको हितलाई सर्वोपरि ठान्नुपर्छ।सबैले देश विकासलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नुपर्छ।पुस्तौंपुस्तासम्म आन्दोलनको रमिता देखाएर,चुनाव अघि युथ र चुनावपछि भूत ठानी युवाहरूलाई बिदेश पठाएर या आन्दोलनको नाममा बिभाजित गराएर देशको विकास किमार्थ गर्न सकिँदैन र यतिका वर्षसम्म त्यही भएर भएन पनि।

जसले काम गर्छ त्यसले उप्पर man पनि हुन पाउछ सुप्पर man पनि हुन पाउछ।हामी स्वाधीन हुनुपर्छ पराधिन हुनुहुदैन।सपना र विपना के हो छुट्ट्याउन सक्नुपर्छ त्यकोलागि वस्तुवादी सहि दर्शन प्रतिपादन गर्नुपर्छ।काम गर्नेलाई कामगर्न दिनुपर्छ नगर्नेलाई जाऊ भन्नुपर्छ।जुनसुकै सरकार होस् या नागरिक होस् हरेकले आ-आफ्नो कर्तव्य पुरा गर्नुपर्छ।आफ्नो दायित्वबाट पन्छिन मिल्दैन।कानुन बनाउने निकायले कानून बनाउनु पर्छ।कानुन कार्यन्वयन गर्ने निकाएले कार्यन्वयन गर्नुपर्छ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…