राष्ट्रिय बुद्धिचालमा साढे पाँच अंक सहित सुमन र कृष्ण अगाडि

मोरङ / पथरीशनिश्चरे नगरपालिका मोरङमा जारी ‘सहिद रत्नकुमार वान्तावा प्रथम राष्ट्रिय खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता—२०७५’को छैठौ राउण्ड सकिंदा सुमन राई र कृष्ण थापा ५.५ अंकसहित शीर्ष स्थानमा पुगेका छन् । प्रतियोगिताको तेस्रो दिन सोमबार तीन राउण्ड खेल भएको थियो । छैठौ राउण्डमा राई र थापाले बराबरी खेलेपछि दुबैजना प्रतियोगिताको उपाधिको दौडमा लम्किएका हुन् ।

बुद्धिचालको पूर्व नेपाल च्याम्पियनहरु बद्री नेपाली ५, सुरवीर लामा ५, नवीन तन्तुकारले ४ अंक प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागि मध्ये सबैभन्दा बढी (२०३८) रेटिङ प्राप्त खेलाडी रिजेन्द्र राजभण्डारीले ५ अंक ल्याएर उपाधिको दौडमा रहेका छन् । उनले पूर्व नेपाल च्याम्पियन बद्री नेपालीसँग बराबरी खेलेर ५ अंक प्राप्त गरेका हुन् ।

त्यसैगरी सुरवीर लामा, प्रकाश नेपाल, सुमन लामा, सुश्रुत दाहाल, आशिस फुयल, ज्वाला लिम्बू ५÷५ अंक ल्याएर पुरस्कारको दावेदारी पेस गरिरहेको प्रतियोगिताको चिफ आरविटर (रेफ्रिी) विजय थापाले बताए ।

स्वीस लिग अन्तरर्गत नौ राउण्डसम्म खेल हुने छ । प्रतियोगितामा देश भरका एक सय ३५ खेलाडीले सहभागिता जनाएका थिए । खेलमा पहिलो, दोस्रो, तेस्रो हुने खेलाडीलाई क्रमस नगद ५०, ४०, ३० हजार पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष अमिर राईले बताए । खेलमा १५ औं स्थानसम्म हुने र अन्य विभिन्न टाइटल गरी ३९ जनालाई नगदसहित पुरस्कारको व्यवस्था गरिएको खेल आयोजक समितिले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया